काठमाडौ । बुधवार सुन तोलामा सात सय रुपैयाँले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि छापावाला सुन प्रति तोलाको ५८ हजार ८०० रुपैयाँ तोकेको छ । मंगलवार सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रति तोलाको ५९ हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो । बुधवार चाँदी तोलामा २० रुपैयाँले घटेर कारोवार भएको छ । मंगलवार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रति तोलाको ११ सय ७० रुपैयाँमा कारोवार भएको थियो ।
