
काठमाडौं । मोरङ टंकिसिनवारी रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि. र एनएमबी बैंकबीच लोकल क्यास म्यानेजमेन्ट सोलुसन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि दुवै बैंकका चेक एक अर्को बैंकको जुनसुकै शाखाबाट भुक्तानी लिन तथा रकम जम्मा गर्न सकिने छ । सम्झौतापछि दुवै बैंकको चेक तथा रकम जम्मा गर्ने व्यवस्था एक आपसमा दुवै बैंकको जुनसुकै शाखाबाट प्रााप्त गर्न सकिने सप्तकोशी बैंकका महाप्रबन्धक नविन सुवेदीले जानकारी दिए । यसैगरी सप्तकोशी बैंक एनएमबी बैंकको सुलभ रेमिटको आधिकारीक एजेन्ट समेत नियुक्त भएको छ ।