सहमति जुटाउन दलहरुले मागे पाँचौं पटकका लागि समय, राष्ट्रपतिले दिए थप पाँच दिन

बिजमाण्डू
२०६९ पुष ३ गते ००:०० | Dec 18, 2012
सहमति जुटाउन दलहरुले मागे पाँचौं पटकका लागि समय, राष्ट्रपतिले दिए थप पाँच दिन

काठमाडौं । सहमतिका लागि दिएको चौथो समयसीमा भित्र पनि साझा प्रधानमन्त्री खडा गर्न नसकेका दलहरुले राष्ट्रपति रामवरण यादवसँग पाँचौं पटकका लागि समय माग गरेका छन् । मंगलवार बिहान राष्ट्रपति डा रामवरण यादवलाई भेट्न पुगेका मुख्य तीन दल र मधेसी मोर्चाका शीर्ष नेताले राष्ट्रपतिसँग पाँचौं पटकका लागि समय माग गरेका हुन् । दलका नेताले समय मागेपछि मंगलवार राष्ट्रपतिले पाँचैांपटकका लागि पाँच दिनको समय थपिदिएका छन् ।
भेटका क्रममा राष्ट्रपति यादवले सहमतिको सरकार गठनका निम्ति छिटो सहमतिमा पुग्न आग्रह गरेका थिए । छलफलमा सहभागी नेताहरुले सहमतिको प्रयास अन्तिममा पुग्न लागेको भन्दै थप समय मागेका थिए । उनीहरुले तीनदेखि पाँच दिनको समय उपलब्ध गराउन राष्ट्रपतिसँग आग्रह गरेका थिए ।
राष्ट्रपतिलाई भेट गर्न माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार शीतलनिवास पुगेका थिए । दलहरुवीच सहमतीय नेतृत्व, संवैधानिक निकायमा पदाधिकारी नियुक्ति र निर्वाचनका लागि कानुनको संशोधनको विषयमा विवाद छ ।

Tata
GBIME
Nepal Life