मन्त्रिपरिषद् बैठक: बुढीगंगाका लागि ऋण स्वीकृत, चार सहसचिवको बढुवा

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
मन्त्रिपरिषद् बैठक: बुढीगंगाका लागि ऋण स्वीकृत, चार सहसचिवको बढुवा


काठमाडौं । सरकारले छ सय मेगावाटको बुढीगंगा जलविद्युत परियोजनालाई कुवेत फण्डबाट प्राप्त एक अर्ब ५८ करोड रुपैयाँको ऋण लिन स्वीकृती दिएको छ । विहिवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कुवेत फण्डको सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारले बुढीगंगा परियोजना निर्माणका लागि कुवेत फण्डसँग ऋण सहयोग माग गरेको थियो । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट पुस सुधार तथा मरम्मतका लागि दिएको पाँच अर्ब ३१ करोड रुपैयाँ र सुनौलो हजार दिन कार्यक्रमका लागि प्रदान गरेको तीन अर्ब ४८ करोड रुपैयाँ ऋणसहयोग समेत स्वीकृत गरेको छ ।
सरकारले चार जना सहसचिवलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा हुने सहसचिवमा दुर्गानीधि शर्मा, ज्ञानदर्शन उदास, धनबहादुर तामाङ र सूर्यप्रसाद सिलवाल हुनुहुन्छ । शर्मा सुदुरपश्चिमाञ्जलको कामु क्षेत्रीयप्रशासक, उदास मध्यपश्चिमाञ्चलको कामु क्षेत्रीय प्रशासक हुनुहुन्छ ।

Tata
GBIME