आईएमईको सिएसआर, घाइते भएका आफ्ना सव एजेन्टलाई उपचार गर्न ५० हजार राहात

बिजमाण्डू
२०६९ मंसिर २५ गते ००:०० | Dec 10, 2012
आईएमईको सिएसआर, घाइते भएका आफ्ना सव एजेन्टलाई उपचार गर्न ५० हजार राहात

ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई.)ले आफ्ना एक सव एजेन्टलाई ५० हजार रुपैयाँ दिएर सहयोग गरेको छ । असोज ८ गते चितवनमा आईएमईको सव एजेन्ट भई रेमिट्यान्स कारोवार गर्दै आएका अरुण ईम्पेक्सका संचालक हेमराज आचार्यलाई मरणासन्न हुनेगरि कुटपिटपछि घाईते भएका थिए । उनको उपचारमा सघाउन कम्पनीले ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमबाट आचार्यलाई नगद प्रदान गरेका हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकुत सुमन पोखरेल पनि उपस्थिति थिए । आफनो स्थापनाकाल देखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुराउन प्रतिबद्व कम्पनीले सेवा सुभारम्भको १२ औ वर्षसम्ममा नेपालभरि आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका २१ सयभन्दा बढी शाखा÷सवएजेन्ट र बैङ्क तथा वित्तिय संस्थामार्फत विदेशमा कार्यरत नेपालीले दुख गरि कमाएको रकम कम्पनीले आफन्तको हातमा छिटो, छरितो र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

Tata
GBIME
Nepal Life