बन्द उत्तरकोरियामा अर्को वर्ष खुल्दै छ विश्वको सबैभन्दा ठूलो होटल, तीन हजार कोठाको भवन तयार

बिजमाण्डू
२०६९ मंसिर २४ गते ००:०० | Dec 9, 2012
बन्द उत्तरकोरियामा अर्को वर्ष खुल्दै छ विश्वको सबैभन्दा ठूलो होटल, तीन हजार कोठाको भवन तयार

लण्डन । विश्वको सबैभन्दा ठूलो होटल अर्को वर्षदेखि सञ्चालनमा आउने भएको छ । यो होटल विदेशीका लागि बन्द जस्तै उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा खुल्न लागेको हो । तीन हजार कोठा भएको यो होटल निर्माण सुरु भएको २६ वर्षपछि सञ्चालनमा आउन लागेको हो । पिरामिड शैलीमा निर्माण गरिएको यो होटल १०५ तले छ । होटल २४ वर्ष अघि नै सञ्चालनमा ल्याउने गरी सुरुवात गरिएको थियो । सन् १९८७ मा १०२८ फिट अग्लो यो होटल वर्तमान राष्ट्रपति किम जोङ उनका हजुरबुबा किम इल सुङले निर्माण गर्न लगाएका थिए ।

सन् १९८८ मा दक्षिण कोरियामा ओलम्पिक खेल आयोजना गरिएको थियो, त्यसको अर्को वर्ष विश्वको अग्लो होटलका रुपमा उत्तर कोरियामा यो होटल उद्घाटन गरेर विश्वलाई चकित पार्ने योजना किम इल सुङको थियो । योजना अनुसार काम पनि दु्रत गतिमा भएको थियो तर सन् १९९२ मा उत्तर कोरिया चर्को समस्यामा फस्यो । उत्तर कोरियालाई आर्थिक मद्दत गर्ने सोभियत युनियन टुक्रिए पछि कोरियामा पनि ठूलो भोकमरी लाग्यो । यही भोकमरीले ३५ लाख मानिले ज्यान गुमाएपछि यो होटलको काम पनि रोकियो ।
सन् ९० को दशकमा प्योङ्गयाङ्ग पुगेको एउटा युरोपेली प्रतिनिधिमण्डलले होटलको निरीक्षण गरेको थियो । त्यतिवेला होटलमा प्रयोग भएको कच्च पदार्थ कम गुणस्तरीय फेला परेको थियो । त्यतिवेला होटलका बीमहरु लच्किएका थिए भने लिफ्ट र भर्याङ्गहरु टेढा भैसकेका थिए । एस्क्वायर पत्रिकाले उत्तर कोरियाको यो होटललाई मानव जातिकै इतिहासमा सबैभन्दा खराब भवनको उपाधी दिएको थियो । कतिपयले यो भवनलाई भूत बंगलाको नामाकारण समेत गरेका थिए ।
होटलको निर्माण १६ वर्षसम्म रोकिएपछि सन् २००८ मा फेरी यो भवनको पुर्ननिर्माण सुरु गरिएको थियो । गतवर्ष यो भवनको भित्री भागलाई बलियो पारिएको थियो भने बाहिरी आवरणमा ११ करोड पाउण्ड १५ अर्ब नेपाली रुपैयाँको काँच खरिद गरेर सजाइएको थियो । होटललाई चम्काउने काम सन् २००८ पछि  इजिप्टको ओरास्कम समूहले गरिरहेको छ । त्यतिवेला कम्पनीले उत्तर कोरियामा मोवाइल फोन सञ्चालनको अनुमति पाएको थियो । यो अनुमतिका लागि ओरास्कमले ४० करोड डलर खर्च गरेको थियो । कम्पनीले बाहिरी भागमा शिशा टल्काएको छ भने त्यसको टाउकोमा टेलिकम एन्टेना राखेको छ ।
रहुयोङ्ग नाम दिइएको यो होटल सञ्चालनका लागि विश्वमा आरामदायी होटल सञ्चालन गर्दै आएको केम्पिन्सकिनलाई दिइउको छ । यो होटल अर्को वर्षको हिउँदसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । तर होटल सञ्चालनमा आएपछि बास कस्ले बस्ला अहिले विश्वले यसलाई चासोका साथ हेरेको छ । किनकी उत्तर कोरिया अहिलेसम्म खुला गरिएको छैन । उत्तर कोरियामा पत्रकारलाई प्रवेश निषेध छ । त्यसै कारण द डेली मेलका पत्रकार उत्तर कोरियामा विजनेश म्यानका रुपमा प्रवेश गरेर यो समाचार तयार पारेका थिए ।
चीनबाट उत्तर कोरिया पुग्दा मेलका पत्रकारा सिमोन पेरीको फोन र ल्यापटप चीनमै छाड्न भनिएको थियो । सिमानामा उनीसँग भएको पासपोर्ट भ्रमण अवधिका लागि अधिकारीहरुले आफूसँगै राखेका थिए । पेरीलाई उत्तर कोरियामा निश्चित स्थानमा बाहेक तस्वीरहरु लिन समेत बन्देज लगाइएको थियो । प्योङ्गयाङ्ग पुगेपछि पेरीले टुर गाइडलाई होटलसम्म लैजान आग्रह गरेका थिए तर उनले विदेशीका लागि खुला नभएको भन्दै त्यहाँ लैजान इन्कार गरे । दुई करोड ४० लाख जनसंख्या भएको उत्तर कोरियामा १७ वर्षदेखि ५४ वर्ष उमेर समूहका पाँच भागमध्ये चार भाग युवा सेनामा छन् । उत्तर कोरिया विश्वमा सैनिक संख्या ठूलो हुने मुलुकमध्ये एक हो ।

Tata
GBIME
Nepal Life