काठमाडौ । साताको पहिलो दिन सुन तोलामा १०० रुपैयाले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारको लागि छापावाला सुन प्रति तोलाको ५९ हजार ७५० रुपैयाँ तोकेको छ । गत शुक्रवार सुन तोलामा १५० रुपैयाँले बढेर प्रति तोलाको ५९ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो ।
आइतवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोलाको ११ सय ८० रुपैयामा कारोवार भएको छ । शुक्रवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएको थिएन ।
