विद्युत कटौती दैनिक दुई घण्टा बढ्यो, अब लोडसेडिङ्ग दैनिक औषतमा दश घण्टा

बिजमाण्डू
२०६९ मंसिर २३ गते ००:०० | Dec 8, 2012


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागु हुने गरी विद्युत् कटौती ६९ घण्टा पुर्याएको छ । अबदेखि दैनिक दश घण्टा लोडसेडिङ्ग हुनेछ । यसअघि मङ्सिर १३ गतेदेखि सातामा ५६ घण्टा विद्युत् कटौती हुँदै आएको थियो । प्राधिकरणका अनुसार अब सातामा एक दिन आठघण्टा, एक दिन नौघण्टा, तीन दिन १० घण्टा र दुई दिन एघार घण्टा विद्युत् कटौती हुनेछ । नदीमा पानीको स्तर घटेपछि र माग र आपूर्तिमा असन्तुलन भएका कारण विद्युत् कटौती बढेको प्राधिकरणको  प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए ।

Tata
GBIME
Nepal Life