बाराक ओबामा फेरी विश्वकै शक्तिशाली, ७१ जनाको सूचीमा को–को छन् ? तस्वीर समाचार

बिजमाण्डू
२०६९ मंसिर २२ गते ००:०० | Dec 7, 2012
बाराक ओबामा फेरी विश्वकै शक्तिशाली, ७१ जनाको सूचीमा को–को छन् ? तस्वीर समाचार

न्युयोर्क । गत महिना थप चार वर्ष विश्वको शक्तिशाली मुलुक अमेरिकाको नेतृत्व गर्ने ‘म्यान्डट’ पाएका राष्ट्रपति बाराक ओबामालाई विश्वका सबैभन्दा शक्तिशाली नागरिकको सूची जारी गर्दै फब्र्सले गत वर्ष पनि पहिलो स्थानमा रहेका ओबामालाई यस वर्ष पनि सूचीको पहिलो नम्बरमा राखेको छ ।

नम्वर १ : अमेरिकी राष्ट्रपति बाराक

Tata
GBIME
Nepal Life

फब्र्सले १० करोड जनसंख्या बाराबर एक प्रतिनिधि चयन गर्दै विश्वको सात अर्ब दस करोड जनसंख्याबाट ७१ शक्तिशालीको सूची तयार गरेको हो । फब्र्सले शक्तिशाली सूचीका लागि चार प्रश्नको खोजेको थियो ।  के ती प्रतिनिधि धेरै जनसंख्यामाथि अधिकार स्थापित गर्न सक्छन ? जवाफमा विश्वको एक अर्ब जनसंख्यालाई प्रभावित पार्नसक्ने पोप बेन्डिक्ट १६ औं सूचीको पाँचौँ स्थानमा परे । पोप विश्वका एक अर्बभन्दा बढी क्याथोलिक धर्मावलम्बीका सर्वाेच्च नेता हुन् अर्थात विश्वको छ भाग जनसंख्यामध्ये एक भाग जनसंख्या उनको प्रभावमा छ । सूचीको १७ औं स्थानमा २० लाख व्यक्तिलाई रोजगार दिएका वालमार्ट स्टोरका प्रमुख कार्यकारी अधिकृत माइकल ड्युक छानिए ।
सुची तयार गर्न फब्र्सले व्यक्तिमाथि रहेको वित्तीय स्रोतको पहुँचलाई मूल्यांकन गरेको थियो । राष्ट्राध्यक्षका लागि कुल गार्हस्थ्य उत्पादन र प्रमुख कार्यकारी अधिकृतका लागि कम्पनीको सम्पति र आम्दानीको मूल्यांकन गरिएको थियो । यही कारण विश्वको सबैभन्दा धनी व्यक्ति कार्लोस स्लिम हेलु सूचीको ११ औं नम्बरमा रहे ।

नम्वर ७ : साउदी राजा अब्दुल्लाह विन अब्दुल अजिजि अल साद

विश्वको २० प्रतिशत इन्धनमाथि पहुँच भएका साउदी राजा अब्दुल्लाह विन अब्दुल अजिजि अल साद सूचीको सातौँ स्थानमा रहे । प्रतिनिधिले बहुक्षेत्रमा पार्नसक्ने प्रभावलाई पनि शक्तिशाली सूचीमा राख्नकालागि गरिएको मुल्यांकनमा राखिएको थियो । यही कारण न्युयोर्कका मेयर माइकल ब्लुमवर्ग सूचीको १६ औं नम्बरमा रहे । उनी प्रभावशाली राजनीतिज्ञ हुन्, अर्बपति हुन र मिडिया म्याग्नेट पनि । सूचीमा राख्ने प्रतिनिधिसँग शक्तिको प्रयोग गर्ने क्षेमतालाई पनि मुल्यांकनको सूचीमा राखिएको थियो । रुसी राष्ट्रपति भ्लादमिर पुटिन सूचीको तेस्रो स्थानमा रहे । कारण उनले पटक पटक शक्तिको प्रयोग गरेर आफ्नो प्रभाव देखाएका छन । पुटिनको विरोध गर्नेहरु जेलसम्म परेका छन ।

नम्वर २ :  जमर्न चान्सलर एन्जेला मर्केल

विश्वको शक्तिशाली सैनिक,आर्थिक र सास्कृतिक सुपर  पावर भएको अमेरिकी राष्ट्रपति ओबामालाई पछ्याउँदै सूचीको दोस्रो स्थानमा जर्मन चान्सलर एन्जेला मार्केल परेकी छन्, उनले २७ मुलुक भएको युरोपेली संघमा माफ्नो प्रभुत्व स्थापित गरेकी छन्, यही कारण अघिल्लो वर्ष सूचीको चौथो स्थानमा रहेकी मार्केल अहिले दोस्रो स्थानमा आएकी हुन ।

नम्वर ९ : चिनिया कम्युनिस्ट पार्टीको महासचिव सी जिङपिङ

गत वर्षको सूचीको दोस्रो स्थानमा रहेका चीनका राष्ट्रपति हु जिन्ताओ यस वर्ष ७१ जनाको सूचीबाटै बाहिरिएका छन । आगामी वर्ष राष्ट्रपतिको जिम्मेवारी सी जिङपिङलाई हस्तान्तरण गर्दै गरेका हुले अहिले पनि थुप्रै जिम्मेवारी छाडिसकेका छन । चिनिया कम्युनिस्ट पार्टीको महासचिवमा चुनिएका सी भने राष्ट्रपति नहुँदै सूचीको नवौं स्थानमा प्रवेश गरेका छन् ।

नम्वर १२ : सोनिया गान्धी

बेलायती प्रधानमन्त्री सूचीको दशौं स्थानमा छन् । १२ औं स्थानमा छिमेकी भारतकी नेत्री सोनिया गान्धी  छन् । भारतीय कांग्रेसकी अध्यक्ष गान्धी सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स(युपीए) की संयोजक पनि हुन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह सूचीको १९औं नम्बरमा छन ।
फेसबुकका संस्थापक २८ वर्षे मार्क जुकरवर्ग २५ औं स्थानमा छन्, उनी विश्वका शक्तिशालीहरुमा उमेरका हिसाबले सबैभन्दा कान्छा हुन् । ब्राजिलकी राष्ट्रपति दिल्मा रोसेफ सूचीको १८ औं नम्बरमा छिन्, ब्राजिलका युवालाई उद्यमशील बनाउन प्रोत्साहन गरेपछि उनी चर्चामा छन् । पाकिस्तानका सेनापति असफाक परवेज कैयानी सूचीको २८ औं नम्बरमा छन् भने आईएसआई प्रमुख जाहिर उल इस्लामा सूचीको ५२ औं नम्बरमा छन् । पाकिस्तानका अरु राजनीतिज्ञ भने सूचीमा छैनन् । भारतका उद्योगपति मुकेश अम्बानी पनि सूचीको ३७ औं स्थानमा छन् । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन सुचीको ४४ औं नम्बरमा छन् । फब्र्सबाट