विवादित त्रिसुली–१ को वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचना जारी

बिजमाण्डू
२०६९ मंसिर २२ गते ००:०० | Dec 7, 2012

काठमाडौं । सरकारले विवादित नेपाल वाटर एन्ड इनर्जी डेभलोपमेन्ट कम्पनीले निर्माण गर्न लागेको माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको लागि सार्वजनिक सूचना जारी गरेको छ । वातावरण मन्त्रालयले मंसिर १९ गते सूचना जारी गरेको हो । २ सय १६ मेगावाटको यो आयोजना नदी प्रवाह(रन अफ द रिभर) प्रणालीमा आधारित हो । रसुवा जिल्लाको हाकु, धुन्चे र राम्चे गाविसमा आयोजना पर्छ ।
आयोजनाको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पनि पर्छ । ३ सय ५० मिटर ग्रास हेड रहेको यो आयोजनाको बाँध निर्माणस्थल धुन्चे र हाकु गाविसको फूलबारीको नजिकमा र विद्युतगृह वालुवाफाँटमा रहने मन्त्रालयले जनाएको छ ।

Tata
GBIME
Nepal Life