किसानलाई सहुलियत ऋण देऊ, पशुपालन गर्ने किसानले मागे वार्षिक एक प्रतिसत ब्याजमा ऋण



बिजमाण्डू
२०७२ चैत्र १३ गते ००:०० | Mar 26, 2016
किसानलाई सहुलियत ऋण देऊ, पशुपालन गर्ने किसानले मागे वार्षिक एक प्रतिसत ब्याजमा ऋण

रत्ननगर (चितवन) । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको प्रथम केन्द्रीय साधारणसभाले सहुलियत दरमा किसानलाई ऋण दिन माग गरेको छ।
 
किसानलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने माग सहित १७ बुँदे घोषणापत्र जारी गर्दै पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको केन्द्रीय साधारणसभा सम्पन्न भएको हो। भरतपुरमा शनिबार पत्रकार सम्मेलन गरी समाजले सो घोषणापत्र सार्वजनिक गरेको हो।
 
दशभन्दा कम पशु पाल्ने कृषकलाई एक र १० भन्दा बढी पाल्ने कृषकलाई दुई प्रतिशत ब्याजमा श्रण लगानी गर्न उनीहरुले माग गरेका हुन्। हाल सरकारले घोषणा गरेको सहुलियत ऋणसमेत कार्यान्वयन हुन नसकेको किसानले बताएका छन्।
 
पारित प्रस्तावबारे पत्रकारलाई जानकारी दिँदै समाजका अध्यक्ष आनन्द न्युरेले कृषक परिचयपत्र लागू गर्नुपर्ने, अनुत्पादक पशुको व्यवस्थापन गर्नुपर्ने, दूध लिटर र मासु केजीका आधारमा अनुदान दिइनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई कृषि मैत्रीलगानीको वातावरण बनाउनुपर्ने प्रस्ताव पारित गरेको जानकारी दिए। रासस

Tata
GBIME
Nepal Life