नेप्सेमा राजनीतिको बादल फाट्यो, सूचक पाँच सय अंक नजिक, ठूला बैंकको मूल्य बढ्यो

बिजमाण्डू
२०६९ मंसिर २० गते ००:०० | Dec 5, 2012
नेप्सेमा राजनीतिको बादल फाट्यो, सूचक पाँच सय अंक नजिक, ठूला बैंकको मूल्य बढ्यो

काठमाडौं । राजनीतिमा देखिएको बादल फाट्ने संकेत देखिएपछि त्यसको प्रभाव नेपाल स्टकमा देखा परेको छ र बुधवार नेप्से झण्डै पाँच सय अंक नजिक पुगेर बन्द भएको छ । सुरुवाती कारोवार नै उछालका साथ सुरु भएको नेप्से बजार बन्द हुँदा ८.३५ अंकको वृद्धि भएर ४९८.७१ अंकमा बन्द भएको हो ।
नेप्सेको वृद्धिलाई सबैभन्दा ठूलो टेवा बैंकिङ्ग समूहको वृद्धिले दियो । बुधवार बाणिज्य बैंक समूह १३.६१ अंकले बढ्यो । जलविद्युत समूह पनि १४.९ अंकले बढ्यो भने विकास बैंक, फाइनान्स र इन्सुरेन्स समूहको सामान्य सुधार भयो ।
मंगलवार र बुधवारको सेयर प्रवृत्तीले यो साता नेप्से सूचक पाँच सय अंक माथि रहने संकेत गरेको छ । यो साताको भोली अन्तिम कारोवारी दिन हो ।
बैंक अफ काठमाण्डू, एभरेष्ट, हिमालयन, ग्लोबल आइएमई, नेपाल एसबिआई, नबिल, नेपाल बंगलादेश र स्ट्याण्डर्ड चार्टड बैंकको सेयरमा उछाल आयो । बिओकेको सेयर १६ रुपैयाँ बढेर ६५१ मा, एभरेष्टको ४६ रुपैयाँ बढेर १२४५ मा, ग्लोबल आइएमईको २० रुपैयाँ बढेर चार सय रुपैयाँमा, सिटिजन्स बैंकको १४ रुपैयाँ बढेर २५६ मा, हिमालयन बैंकको ४१ रुपैयाँ बढेर ८९० मा, नबिलको ३७ रुपैयाँ बढेर १५०३ मा, नबिल प्रवद्र्धकको ४५ रुपैयाँ बढेर ९९५ मा, बंगलादेशको २० रुपैयाँ बढेर २६५ मा, इनभेष्टमेन्टको १८ रुपैयाँ बढेर ८४७ मा कारोवार भयो ।
त्यसैगरी एनएमबी बैंकको ११ रुपैयाँ बढेर २५० मा, प्राइमको २० रुपैयाँ बढेर २८५ मा, सानिमाको १७ रुपैयाँ बढेर २५४ मा, नोपल एसबिआईको २९ रुपैयाँ बढेर ७०३ मा, सिद्धार्थको १६ रुपैयाँ बढेर ३२९ मा र चार्टड बैंकको ६४ रुपैयाँ बढेर १९९४ मा कारोवार भयो ।
जलविद्युत समूहमा अरुणभ्यालीको सेयर मूल्य घट्यो भने बुटवल पावरको १२ रुपैयाँ चढेर ७४० कारोवार भयो । चिलिमे हाइड्रोको सेयर १६ रुपैयाँ चढेर ११५० मा कारोवार भयो । बुधवार इन्सुरेन्स कम्पनीको चमक भने रहेन । लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य २७ रुपैयाँ घटेर १३५५ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life