सुनको मूल्य फेरी बढ्न थाल्यो, मंगलवार अढाइ सय बढेपछि तोलाको ६० हजार नजिक

बिजमाण्डू
२०६९ मंसिर १९ गते ००:०० | Dec 4, 2012

काठमाडौ । मंगलवार सुन तोलामा २५० रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारका लागि छापावाला सुन प्रति तोलाको ५९ हजार ९०० रुपैयाँ तोकेको छ । सोमवार सुन प्रति तोलामा १५० रुपैयाँले बढेर ५९ हजार ६५० रुपैयाँमा  कारोवार भएको थियो । गत साता अहिले सम्मकै उच्च विन्दुमा पुगेको सुनको मुल्य यो साताको पहिलो दिन तोलामा एक हजार रुपैयाले घटेर कारोवार भएको थियो । मंगलवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएन सोमवार चाँदी तोलामा ११ रुपैयाँले बढेर प्रति तोलाको १२ सय रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life