काँग्रेस नेता भीमबहादुर तामाङको निधन, काँग्रेसले तीन दिश शोक मनाउने

बिजमाण्डू
२०६९ मंसिर १७ गते ००:०० | Dec 2, 2012
काँग्रेस नेता भीमबहादुर तामाङको निधन, काँग्रेसले तीन दिश शोक मनाउने


 काठमाडौँ । काँग्रेस नेता भीमबहादुर तामाङको शनिवार बिहान निधन भएको छ । बिहानको मर्निङ वाकपछि कोठामा फर्कनुभएका तामाङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो ।
विसं १९९० मा दोलखाको जफेमा जन्मनु भएका तामाङ २००६ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गर्नु भएको थियो । लामो समयसम्म प्रवास, जेल जीवन र पार्टीका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँ नेपाली राजनीतिमा आर्दश र निष्ठाको राजनीति गर्ने नेताको रूपमा परिचित हुनुहुन्छ ।
नेपाली काँग्रेसको बाह्रौँ महाधिवेसनमा सभापतिका उमेद्वार रहनुभएका तामाङले त्यसअघि कानुन तथा संसदीय व्यवस्था मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । आजीवन पार्टीका लागि त्याग गर्नुभएका तामाङ जति समय नेपाली राजनीतिमा सक्रिय रहनुभयो त्यो अवधिभर भौतिक सुख सुविधासमेत लिनुभएन ।
तामाङको निधनसँगै मुलुकले सिद्धान्तको राजनीतिक गर्ने असल नेता गुमाएको छ । तामाङलाई अस्पताल पु¥याएलगत्तै नेपाली काँग्रेसका सभापति, उपसभापति, वरिष्ठ नेतालगायतका नेता, कार्यकर्ता अस्पताल पुग्नुभएको थियो । तामाङको निधनमा काँग्रेसले तीन दिनसम्म शोक मनाउने भएको छ ।

Tata
GBIME
Nepal Life