उपभोक्तालाई विद्युत र पानीको डबल ‘सक’, लोडसेडिङ्ग बढ्यो, पानीको आपूर्ती घट्यो

बिजमाण्डू
२०६९ मंसिर १३ गते ००:०० | Nov 28, 2012
उपभोक्तालाई विद्युत र पानीको डबल ‘सक’, लोडसेडिङ्ग बढ्यो, पानीको आपूर्ती घट्यो

काठमाडौं । विद्युत प्राधिकरणले बुधवारदेखि लागू हुने गरी लोडसेडिङ्ग दैनिक आठ घण्टा पुर्याएको छ । नदीमा पानीको बहाव कम भएपछि विद्युत उत्पादन घटेका कारण प्राधिकरणले लोडसेडिङ्ग बढाएको हो । अब साताको दैनिक ५६ घण्टा लोडसेडिङ्ग हुनेछ । साताका पाँच दिन आठ घण्टाका दरले एक दिन सात घण्टा र एक दिन नौ घण्टा लोडसेडिङ्ग हुने तालिका विद्युत प्राधिकरणले निकालेको छ ।

Tata
GBIME
Nepal Life

बुधवारदेखि लागू हुने लोडसेडिंग तालिका

चिसो बढ्दै जाँदा विद्युतको माग बढ्दा र उत्पादन घट्दै गएका कारण लोडसेडिङ्ग बढाइएको हो । यस अघि मंगलवारसम्म सातामा जम्मा ४६ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो । विद्युत प्राधिकरणले भारतबाट टनकपुर–महेन्द्रनगर प्रशारणलाइन मार्फत ल्याएको तीस मेगावाट विद्युत आपूर्ती रोकिएपछि लोडसेडिङ्ग बढेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए । नेपालले अहिले भारतबाट ८० मेगावाट विद्युत ल्याइरहेको छ । गतवर्ष यही समयमा भारतबाट एक सय मेगावाट विद्युत आपूर्ती भएको थियो ।
थप विवरण  यहाँ छ
http://nea.org.np/images/supportive_docs/loadsheddingmangsir.pdf

उता विद्युत आपूर्ती घटेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समेत पानीको आपूर्ती कम गर्न थालेको छ । यसअघि बाँसबारी पानीपोखरीबाट तीन दिनमा पानी आपूर्ती गर्दै आएको केयुकेएलले अब पाँच दिन बिराएर आपूर्ती गर्ने भएको छ । विहिवारदेखि लागू हुने केयुकेएलको यो रुटिनले महाराजगञ्ज, सामाखुशी, पानीपोखरी, शितलनिवास, बालुवाटार, बाँसवारी, धोबिचौर, क्षेत्रपाटी लगायतका क्षेत्र प्रभावित हुनेछन् ।

कहाँ कहिले पानी, केयुकेएलको तालिका यहाँ छ
http://www.kathmanduwater.org/home/water_schedule_new.php