कम्पनी कंगाल तर आफूलाई ७ अर्बको विमान

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012

मुम्बई । विश्वको सबैभन्दा धेरै विक्री हुने मदिराका मालिक विजय माल्याले आफू चढ्ने विमान किंगफिशर एअरलाइन्सबाट सुटुक्क युवि समूहमा सारेका छन् । माल्याका दुई कम्पनी युवि गु्रप र किंगफिशर एअरलाइन्समध्ये युवि भारतमा सबैभन्दा बढी मदिरा विक्री गर्ने कम्पनी हो भने किंगफिशर एअरलाइन्स आठ हजार करोड भारु घाटा लागेपछि बन्द हुँदै गरेको कम्पनी हो ।
माल्याले आफ्नो व्याक्तिगत प्रयोगमा ल्याएको एअरबस ए ३१९ किंगफिशर एअरलाइन्सबाट युवि समूहमा सारेको नागरिक उडड्यन विभागले जानकारी दिएको छ । विभागबाट प्राप्त जानकारी अनुसार किंग अफ गुड टाइम्स भनेर चिनिने माल्याले १४४ सिटको उक्त विमानलाई आरामदायी २२ सिटे विमानका रुपमा पुर्नसंरचना गरेका छन् । यो विमानको रजिष्टेशन नम्वर भिटे भिजेएम छ । युवि समूहमा आउनु अघि यो विमानको सञ्चालन, सञ्चालन खर्च र मर्मतसम्भार किंगफिशर एअरलाइन्सबाट हुन्थ्यो ।
किंगफिशर एअरलाइन्सलाई कंगाली लागेपछि दुई महिना अघि मात्रै यो विमान युवि गु्रपमा सारिएको बताएको छ । माल्याले चढ्ने यो ए ३१९ विमान भए पनि यसमा ए ३२० का सुविधाहरु राखिएका छन्, ए ३२० चलाउने पाइलटले यो विमानस सजिलै चलाउन सक्ने बताइएको छ । यो विमानको मूल्य अहिले आठ करोड डलर झण्डै सात अर्ब रुपैयाँ पर्छ । यो विमान सञ्चालनका लागि मात्रै वर्षमा सात करोड भारु झण्डै दश करोड नेपाली रुपैयाँ खर्च हुन्छ । यो खर्चमा विमानका लागि चाहिने इन्धन, विमानस्थलमा पार्किङ र नेभिगेशनमा हुने खर्च पनि सामेल भएको बताइएको छ ।
माल्याको यो खबर यति बेला आएको जतिवेला कर्जा चुक्ता गर्न बैंकले कम्पनी माथि दवाव बनाइरहेका छन् र अरु साझेदारहरु कम्पनीको गिर्दो शाखबाट चिन्तित छन् । केही साता अघि किंगफिशरलाई ऋण दिने १७ बैंकहरुले कम्पनीका वरिष्ठ अधिकारीहरुलाई राखेर बसेको बैठकमा ऋण चुक्ता तालिका पेश गर्न चेतावनी दिएका छन् । माल्याले प्रयोग गर्ने विमान ऋण लिंदा बैंक ग्यारेन्टीमा राखिएको छ की छैन भन्ने पुष्टि भने भएको छैन । बैंकहरुले किंगफिशर एअरलाइन्सको मुम्बईको घर र माल्याले प्रयोग गर्ने गोवाको आलिशान भिल्ला भने लिलामी गर्नका लागि मूल्यांकन गराइरहेका छन् । इकोनोमिक टाइम्स

Tata
GBIME
Nepal Life