मोदीले भने: नेपालमा स‌ंविधान घोषणा हुनु महत्वपूर्ण उपलब्धि, नेपाल – भारत सम्बन्धमा मोदी मन्त्र !

बिजमाण्डू
२०७२ फागुन ८ गते ००:०० | Feb 20, 2016
मोदीले भने: नेपालमा स‌ंविधान घोषणा हुनु महत्वपूर्ण उपलब्धि, नेपाल – भारत सम्बन्धमा मोदी मन्त्र !

नरेन्द्र मोदी –
भारत- नेपालबीको मैत्रिपूर्ण इतिहासमा आजको दिन महत्वपूर्ण छ। प्रधानमन्त्रीमा चयन भएपछि पहिलो  पटक विदेश यात्राका लागि आउनुभएका ओलीजी र भ्रमण दलका सदस्यहरुलाई हार्दिक स्वागत गर्दछु।
 
नेपालका गौरवशाली जनताको भारतप्रतिको अथाह प्रेम र सद्भाहवको पनि अभिनन्दन गर्छु। साथै नेपाली नागरिकको आशा, आकांक्षा तथा जागरुकता र विकेको पनि सम्मान गर्दछु। यसै अवसमार नेपालका दिवंगत नेता सुशील कोइरालप्रति श्रद्धाञ्जलि अर्पण गर्छु। भारत-नेपाल मित्रतामा उनको योगदान सधैँ स्मरणीय रहनेछ।
 
भारत र नेपाल दुई संप्रभुत्व मुलुक हुन्। यी देशबीचको मित्रता घनिष्ट र अदितीय छ। हिमालयको अखंडता तथा गंगाको पवित्रता हाम्रो सशक्त सम्बन्धको साक्षी हुन्। खुला सीमाले दुई देशका जनताबीचको आपसी सम्बन्ध परिभाषित गर्छ। हामी धनी संकृति र परम्पराका साझा उत्तराधिकारी हौं। नेपालमा शान्ति, स्थिरता र नेपालको आर्थिक विकास हाम्रो साझा उद्देश्य हो। भारत-नेपालका यिनै सम्बन्धबारे प्रधानमन्त्री ओलीसँग मैले आज विस्तारमा कुराकानी गरेको छ।
 
पछिल्ला केही वर्षमा नेपालले लोकतन्त्र र संघीयताको मार्गमा गरेको प्रगति पूरा विश्वले स्वीकार गरेको छ। दशकौं देखि संघर्षपछि नेपालमा संविधानको रचना र त्यसको घोषणा भएको छ, त्यो एउटा महत्वपूर्ण उपलब्धि हो। यसको निर्माणमा नेपालको सरकार र राजनीतिक नेतृत्व तथा समाजका सबै वर्गले पुर्याएको योगदानको अभिनन्दन गर्छु। तर यसको सफलता सहमति र संवादमा नै भर पर्छ। मलाई विश्वास छ, यही सिद्धान्तको आधारबाट, राजनीतिक वार्ताको माध्यमबाट नेपालका सबै वर्गलाई साथ लिएर, संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक रुपमा समाधान गर्दै नेपाललाई प्रगति र स्थिरताको मार्गमा लैजानु हुनेछ।
 
नेपालको आर्थिक उन्नति, विकास तथा सम्पन्नतामा भारतको स्थायी रुची छ। नेपालको यस उद्देश्य पूरा गर्नका लागि हाम्रा संसाधन र संस्थाहरु सधै सकारात्मक छन् र भविष्यमा पनि रहनेछन्। यस सन्दर्भमा भारतको आर्थिक विकास नेपालको सम्पन्नताको एउटा मार्ग बन्न सक्छ। दुवै देशबीच ट्रान्सपोर्ट करिडोरका हाइवेहरु बन्न सक्छ। त्यसैका मध्यनजरमा दुई देशबीच दुई नाका खोल्ने सहमति आज भएको छ। यी दुई नाका खुलेपछि क्षेत्रीय आर्थिक विकास तथा कनेक्टिभिटी बलियो हुनेछ। मरो सन् २०१४ को नेपाल यात्राको समयमा भनेको थिए कि नेपालको जलविद्युत सम्भावना नेपाललाई उज्यालो बनाउनका लागिमात्र होइन कि भारतको आवश्यकता पूरा गर्न सक्ने क्षमताको छ।
 
मलाई खुसी लागेको छ कि नेपाल र भारत केही हाइड्रोपावर आयोजनामा काम गरिरहेका छन्। ती आयोजनाहरुको कूल क्षमता करिब ७ हजार मेगावाट छ। यी आयोजनाहरु तीब्र र सफल रुपमा बन्न सके नेपालको आर्थिक सम्पन्नताको प्रमुख मार्ग बन्नसक्छ। मुजफ्फरपुर-ढलकेवार
ट्रान्समिसन लाइनको भर्खरै उद्घाटन गरेका छौं, यसबाट तत्काल नेपाललाई ८० मेगावाट विद्युत उपलब्ध गराउँछ। आगामी दुई वर्षमा यही लाइनले नेपाललाई ६ सय मेगावाट विजुली प्रदान गर्नेछ।
 
व्यापार र लगानी हामीबीचको सम्बन्धको स्तम्भ हो। यसलाई अझ बलियो बनाउन सकिन्छ। यसका लागि इन्टिग्रिटेड चेकपोस्टको तत्काल निर्माण दुवै देशको हितमा छ। नेपालको तराई क्षेत्रमा सडक निर्माणको आज सम्झौता भएको छ यसले व्यापारको पूर्वाधारमा थप बल प्रदान गर्नेछ। गत वर्ष नेपाले भयंकर भूकम्पको त्रासदी सामना गर्योा। आपत नेपालमा पर्योर, तर त्यसको पीडा हरेक भारतीयलाई भयो। भूकम्पपछिको पुनर्निर्माण आवश्यकताका लागि भारतले एक अर्ब डलर सहयोग प्याकेज घोषणा गरेको थियो। यस क्षेत्रमा आज दुई सम्झौता भएको छ, एक २५ करोड अमेरिकी डलर अनुदान तथा ७५ करोड डलर लाइन अफ क्रेडिटले हाम्रो सहभागितालाई अझ अगाडि लैजाने छ। यस सन्दर्भमा प्रधानमन्त्री ओलीको भुज यात्रा भूकम्पपछिको पुनर्निर्माणका लागि लाभदायक हुनेछ।
 
आयुर्वेद भारतको प्राचीन सभ्यताको यस्तो प्रभावकारी अंग हो,जसको छाप आजको युगमा पनि उत्तिकै छ। नेपाल पनि आयुर्वेदसँग घनिष्ठ रुपले जोडिएको छ। नेपालमा आयुर्वेदको विस्तार दुवै देशका सांस्कृतिक र व्यापारिक हितका लागि राम्रो हुन्छ। यदि नेपाल चाहन्छ भने भारतले नेपालमा आयुर्वेदिक कलेजहरु खोल्न सक्छ। तिनलाई भारतको आयुर्वेदिक विश्वविद्यालयसँग जोड्न सकिन्छ।
 
यो प्रस्ट नै छ नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको हुन्छ। प्रधानमन्त्री ओली र म यस विषयमा सहमत छौं कि बढ्दै गरेको अतिवाद र आतंकवादले उत्पन्न गर्ने खतरासँग दुवै देश मिलेर लड्नेछौं। हामी हाम्रा खुला सीमा आतंकवादी र अपराधीले दुरुपयोग हुन दिने छैनौं। यस विषयमा दुवै देशका सुरक्षा एजेन्सीहरु बलियो बनाउनेछौं।
 
नेपालमा शांति,स्थिरता र सम्पन्नता हाम्रा साझा हितसँग जोडिएका छन्। म र सम्पूर्ण भारत नेपालको आर्थिक विकासको पक्षमा छौं। भारतको सहयोग सदैव सकारात्मक रहेको छ। यसले गर्ने निर्णयहरु नेपालको सरकार र जनताको प्राथमिकताअनुरुपकै रहेका छन्। मलाई पूर्ण विश्वास छ कि तपाईँको कुशल नेतृत्वमा भारत-नेपाल सबन्ध अझै सशक्त हुनेछ, र नयाँ उचाई छुनेछ। यिनै शब्दका साथ एकपटक फेरि तपाई र तपाईको शिष्टमण्डललाई भारतमा स्वागत गर्छु। 

Tata
GBIME
Nepal Life