हाटफोर्ड ब्राण्डका ताइवानी स्कुटर नेपालमा, मूल्य झण्डै २ लाख

बिजमाण्डू
२०६९ असार २७ गते ००:०० | Jul 11, 2012
हाटफोर्ड ब्राण्डका ताइवानी स्कुटर नेपालमा, मूल्य झण्डै २ लाख


काठमाडौ । ताइवानको स्थापित ब्रान्ड हाटफोर्डको स्कुटर नेपाली बजारमा आएको छ । हाटफोर्डको आधिकारिक बिक्रेता इन्टरनेसनल मोर्टस प्रालिले फेन्सिङ १ सय २५ सीसीको स्कुटर नेपाली बजारमा ल्याएको हो । यसको बिक्री सुरुवात स्कुटरकी ब्रान्ड एम्बेसडर प्रियंका कार्कीले गरेकी हुन् । उनी पहिलो मिस टिन हुन् ।

यो स्कुटरमा फोर स्ट्रोक सिंगल एयर कुल इन्जिन, भी टाइप बेल्ट सीभिटी ट्रान्समिसन रहेको छ । स्कुटरमा आरामदायी सिट, ट्युबलेस टायर र स्पोर्टी बनोट छ । स्कुटरको ब्हिल बेस १२ सय १० एमएम, चौडाई १७ सय ५ र उचाई ६ सय ६० एमएम छ । स्कुटर रातो, निलो, कालो र सेतो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।स्कुटर आर्कषक रहेकोले उपभोक्ताको रुचाउने कम्पनीको दावी छ । स्कुटरमा साढे चार लिटर तेल अट्ने र प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।  कम्पनीले बिक्री सुरु गरेको अवसर भन्दै यसको मूल्य १ लाख ८५ हजार ९ सय मूल्य तय गरेको छ ।

Tata
GBIME
Nepal Life