
काठमाडौँ । बजेटका विषयमा सहमति जुटाउन शुक्रवार माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रयास पनि सफल भएन । अध्यक्ष प्रचण्डले बजेटमा विपक्षी दलको सहमति जुटाउन काँग्रेस सभापति सुशिल कोइरालासँग भेट गरेका थिए । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा अध्यादेश बजेटमा छलफल भए पनि काँग्रेसले त्यसलाई अस्वीकार गरेको थियो ।
अध्यक्ष दाहालले बजेट नआए देश आर्थिक सङ्कटमा फस्ने चेतावनी दिंदै बजेटमा सहमति जनाउन आग्रह गरेको अध्यक्ष प्रचण्डले बताए । उनले छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरी राजनीतिक अन्योल अन्त्य गर्न सकिने सुझाव पनि काँग्रेस सभापतिलाई दिएका थिए ।
तर काँग्रेस अध्यक्ष कोइरालाले दुवै विषयमा सहमति जनाएनन् । उनले काँग्रेस नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जाने विकल्प सुझाएका थिए । दलबीच सहमति बन्न नसक्दा सरकारले अध्यक्षदेशबाट ल्याउन लागेको पूर्ण बजेट रोकिएको छ ।
सरकारले मंसिर १ गतेदेखि लागू हुने गरी तिहार अघि नै बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिश गर्ने तयारी गरेको थियो । तर राष्ट्रपतिले सहमति जुटाउन आग्रह गरेपछि देश आजदेखि बजेटविहिन बनेको छ ।