नबिलको स्वीङ्गमा बजार, साधरण सेयर १३१ र प्रवद्र्धक सेयर ८६ बढ्यो, चार्टड पनि पछ्याउँदै

बिजमाण्डू
२०६९ कात्तिक २२ गते ००:०० | Nov 7, 2012

काठमाडौं । सेयर बजारलाई बुधवार नबिल बैंकले स्वीङ्ग गर्यो । बैंकको बुधवार एकै दिन प्रतिसेयर १३१ रुपैयाँले मूल्य बढ्यो । बैंकले पहिलो त्रैमास सार्वजनिक गर्दै नाफा झण्डै दोब्बरले वृद्धि गरेका थियो । यही खबरले नबिलका लगानीकर्ताको चाँदी कटाइ भयो । मंगलवार १३१६ मा कारोवार भएको नबिल बैंकको साधरण सेयर बढेर १४४७ मा कारोवार भयो ।
नबिल बैंकको साधरण सेयरसँगै प्रवद्र्धक सेयरको पनि बुधवार चाँदी कटाइ भयो । बुधवार नबिलको प्रवद्र्धक सेयर ८६ रुपैयाँले माथि चढ्यो । अघिल्लो दिन ८६० मा कारोवार भएको नबिलको प्रवद्र्धक सेयर बुधवार बजार बन्द हुँदा ९४६ मा कारोवार भएको थियो । अझ केही दिन यस्तो प्रभाव रहिरहनेछ ।
नबिलको स्वीङ्गमा बुधवार स्ट्याण्डर्ड चार्टड बैंक पनि अघि बढ्यो । बैंकको प्रतिसेयर १३० रुपैयाँले मूल्य बढ्यो । मंगलवार दुई हजारमो टेकेको चार्टड बैंकको सेयर बुधवार २१३० मा पुगेको छ । मूल्यका आधारमा युनिलिभरपछि सबैभन्दा धेरै मूल्यमा खरिद विक्री हुने सेयरमा चार्टड बैंक पुगेको छ । मंगलवारसम्म चार्टड माथि युनिलिभर बीमा संस्थान थिए ।
ठूला बैंकको सेयर मूल्य बढेपछि नेप्सेमा बैकिङ्ग समूहको सूचकांक १८.३५ अंकले बढ्यो । बैकिङ्ग समूहकै कारण नेप्से सूचक पनि ११.२१ अंकले बढ्यो । बुधवार नेप्से सूचक ४७४.५७ अंकमा पुग्यो ।

Tata
GBIME
Nepal Life