ब्रोइलर कुखुराको आपूर्ति तराईबाट बढ्यो, मासु थप सस्तीयो, प्रतिकिलो २१०

बिजमाण्डू
२०६९ कात्तिक २२ गते ००:०० | Nov 7, 2012
ब्रोइलर कुखुराको आपूर्ति तराईबाट बढ्यो, मासु थप सस्तीयो, प्रतिकिलो २१०


काठमाडौं । तराईबाट आपूर्ति बढेपछि ब्रोइलर कुखुराको मासु सस्तिएको छ । तराईको ब्रोइलर चाडै बढ्ने भएकोले त्यहाँबाट आउँदा सस्तो हुन्छ । कुखुराको मासु २ सय १० रुपैयाँ किलोमा कायम भएको छ । दसैअघि ब्रोइलर कुखुराको मासुको मूल्य २ सय ७० रुपैयाँसम्म पुगेको छ । कुखुराको मासुको मूल्य सस्तिँदा उपभोक्तालाई राहत भएको छ । तर कुखुरापालक किसान भने मर्कामा परेका छन् ।
कुखुरा उत्पादक किसानले सस्तोमा बिक्री गर्नुपर्दा लागत पनि उठ्न गाह्रो भएको छ । उपभोक्ताले भ्याली कोल्ड स्टोर नयाँबजार, चिकेन हाउस नयाँबजार, डिके कोल्ड स्टोर प्रयोगपोखरी, गंगा कोल्ड स्टोर लगनखेल, श्री रक्तकाली लाइभ एन्ड कोल्ड स्टोर प्रालि जोरपाटी ओरालो, दि न्यू कान्तिपुर सप्लायर्स थापागाउँ र अनामनगर, एभरेष्ट कोल्ड स्टोर जोरपाटी, चम्पक कोल्ड स्टोर मैतिदेवी, वि एन्ड वि फ्रेस हाउस चावहिल र जोरपाटी, मेट्रो कोल्ड स्टोर कालोपुल, युनिक कोल्ड स्टोर भीमसेनगोला ओरालो, दोस्ती कोल्ड स्टोर गौरीघाट, साकार कोल्ड स्टोर सूर्यविनायक र क्वालिटी कोल्ड स्टोर सूर्यविनायकमा यो मूल्यमा कुखुराको मासु पाउनेछन् ।

Tata
GBIME
Nepal Life