राजस्व छली गरेपछि हटब्रेडका आठ आउटलेटमा राजस्वको छापा, अनुसन्धान सुरु

बिजमाण्डू
२०६९ कात्तिक २१ गते ००:०० | Nov 6, 2012
राजस्व छली गरेपछि हटब्रेडका आठ आउटलेटमा राजस्वको छापा, अनुसन्धान सुरु

काठमाडौं । उपत्यकाको चेन रेष्टुरेन्ट हटब्रेडमा राजस्व अनुसन्धान विभागले सोमबार छापा मारेको छ । उपत्यकाको आठ स्थानमा रेष्टुरेन्ट चलाइरहेको यो कम्पनीले भ्याट, अन्तशुल्क र आयकर छलेको आंशकामा विभागले छापा मारेको हो ।
सोमबार दिउँसो सवा चार बजे छापा मारेको टोलीले रेष्टुरेन्टका कम्प्युटरसहित अन्य सबै कागजात नियन्त्रणमा लिएको छ । यो सबै कागजात हेरेपछि मात्रै राजस्वको छलीको वास्तविक तथ्यांक वाहिर आउने विभागका निर्देशक भरत सुवेदीले जानकारी दिए ।
रेष्टुरेन्टका सञ्चालकले राजस्व छलिका लागि विभिन्न व्यक्तिको नाममा आउटलेट सञ्चालन गरेको पाइएको छ ।
कम्पनीका सञ्चालक श्रीधर शर्मा पाण्डे हुन् । उनले प्यान नम्वर लिएको आउटलेटबाट भ्याट विल जारी गरेको, भ्याटमा दर्ता भएका आउलटेटबाट कम्युटर विलिङ्ग गरेर सूचना मेटाएको आरोप लगाइएको छ ।
हटब्रेडमा मदिरा विक्रीको अनुमति नलिइ विक्री गरेको तथ्य पनि विभागले फेला पारेको थियो  हटब्रेटको नक्सालमा मुख्य कार्यालय, गोदाम र कारखाना छ भने दरबारमार्ग, न्युरोड, नयाँ वानेश्वर, पुरानो वानेश्वर, महाराजगञ्ज र त्रिपुरेश्वरमा आउटलेट छन् ।

Tata
GBIME
Nepal Life