दुई दिनको वृद्धिपछि लुढ्कियो सेयर बजार, ठूला बैंकको सेयर मूल्य तल झर्यो, टेलिकम पनि घट्यो

बिजमाण्डू
२०६९ कात्तिक १६ गते ००:०० | Nov 1, 2012
दुई दिनको वृद्धिपछि लुढ्कियो सेयर बजार, ठूला बैंकको सेयर मूल्य तल झर्यो, टेलिकम पनि घट्यो

काठमाडौं । विहिवार स्टकमा कारोवार भएका ८२ कम्पनीमध्ये ३६ कम्पनीको सेयर मूल्य घटेपछि नेप्सेको भित्तो पुरै रातो भयो । होटल समूहको सूचक र फाइनान्स समूहको सूचकमा सामान्य वृद्धि भयो भने अन्य सबै  समूहको सूचक तल झर्यो ।
सबैभन्दा ठूलो झट्का टेलिकमका सेयरधनीलाई लाग्यो । विहिवार पनि टेलिकमको सेयर मूल्य दश रुपैयाँले तल झरेर ६२२ रुपैयाँमा कारोवार भयो । चिलिमेको सेयर मूल्य एक रुपैयाँले तल झरेर १०३२ मा कारोवार भयो ।
दुई दिनदेखि लगातार बढिरहेका ठूला बैंकले विहिवार वृद्धिलाई थेग्न सकेनन् । बैंक अफ काठमाण्डू ११ रुपैयाँले तल झरेर ५८१ मा, छिमेक लघुवित्त विकास बैंक २२ रुपैयाँले तल झरेर ४५२ मा, हिमालयन बैंक १३ रुपैयाँले तल झरेर ७५१, स्ट्याण्डर्ड चार्टड बैंक २१ रुपैयाँले तल झरेर १८२० रुपैयाँमा कारोवार भयो । नेपाल एसबीआई बैंक पनि आठ रुपैयाँले तल झरेर ५८० मा कारोवार भयो ।
विहिवार मुक्तिनाथ विकास बैंकले राम्रो प्रदर्शन गरेपछि २० रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता २३५ मा कारोवार भयो  । नबिल बैंक प्रवद्र्धकको सेयर मूल्य समेत १९ रुपैयाँले बढेर प्रतिकित्ता ७७२ रुपैयाँमा कारोवार भयो ।
अधिकांश ठूला कम्पनीको सेयर मूल्य तल झरेपछि नेप्से सूचक ३.६८ अंकले तल झरेर ४४७.७५ अंकमा बजार बन्द रह्यो ।

Tata
GBIME
Nepal Life