कौन बनेगा करोडपतिबाट पाँच करोड जितेका सुशिल कुमारको यसरी फेरियो जीवन

बिजमाण्डू
२०६९ कात्तिक १६ गते ००:०० | Nov 1, 2012
कौन बनेगा करोडपतिबाट पाँच करोड जितेका सुशिल कुमारको यसरी फेरियो जीवन

मोतिहारी(विहार) । ‘कौन बनेगा करोडपति’ कार्यक्रमबाट पाँच करोड रुपैयाँ जितेर नाम र दाम दुबै कमाएका सुशिल कुमारको दैनिकी अहिले कस्तो होला ? सामान्य परिवारका सुशिल एकाएक करोडपति बनेपछि उनको जीवनशैली कसरी परिर्वतन भएको छ ?
सामान्य जागिरे सुशिलको घरमा अहिले वेग्लै रौनक छ । पाँच करोड जित्ने वित्तिकै सबैभन्दा पहिला उनले के गरे होलान ? उनले सबैभन्दा पहिले किनेको वस्तु हो जेनेरेटर ।
दैनिक चार घन्टाभन्दा बढी लोडसेडिङका कारण टेलिभिजन हेर्न नपाएर हैरानी भोगेकाले उनको पहिलो प्राथमिकतामा जेनेरेटर नै पर्यो । ‘पाँच करोडबाट पहिला यही जेनेरेटर किने । हाम्रो यहाँ दैनिक चार घन्टा विजुली आउँदैन । पहिला टेलिभिजनमा मनपर्ने कार्यक्रम र समाचार हेर्न पाइदैन्थ्यो, ’सुशिल कुमारले भने, ‘तर अब विजुली नआउने कुनै समस्या छैन ।’
उनले गतसाता एउटा स्कुटर किनेका छन् । उनीसँग महँगो कार किन्ने पैसा पनि छ । तर उनले पैसालाई बचत गरेर राम्रो क्षेत्रमा लगाउने सोच बनाएका छन् । यो अवधिमा उनले एक करोड रुपैयाँ खर्च गरिसकेका छन् ।
सबैभन्दा बढी उनले घर बनाउनको लागि जग्गा खरीद गरेका छन् । उनले नौ कोठाको घर निर्माण गर्दैछन् । उनी गौरबका साथ भन्छन्, ‘मैले अहिले बनाइरहेको घरको सबै कोठामा एट्याच वाथरुम हुनेछ ।’
पैसाले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ । त्यही पैसाले भाईको ऋण चुक्ता गरिसकेका छन् भने श्रीमतीका लागि केही गरगहना समेत किनेका छन् । उनीहरुको जिन्दगीमा पैसा पाएपछि धेरै परिवर्तन आएको छ ।
घरको सरसफाई गर्न सुशिलकुमारले एकजना मान्छे राखिसकेका छन् । उनीको खानपिनमा पनि परिवर्तन भएको छ । ‘पहिला आधा लिटर दूध मात्रै किन्ने गरिन्थ्यो,’ सुशिलका बुबाले भने, ‘तर अहिले हामीले दैनिक दुई÷तीन लिटर दूध किनिरहेका छौ । महँगो तरकारी किनेर खाइरहेका छौ ।’
उनले अरु रकम भने बैकमा राखेका छन् । मनोविज्ञानमा स्नातक गरेका सुशिलको चाहना मनोविज्ञानमा प्राध्यापक बन्नेछ । ‘म एक दिन मनोविज्ञानको प्राध्यापक बन्नेछु र आफ्नै पुस्तकालय स्थापना गर्न चाहन्छु,’ उनले भने ।
पाँच करोड जितेपछि उनले सरकारी कार्यालयको क्लर्कको जागिर पनि छोडिसकेका छन् । सुशिलकुमारको पुरानो घर साधारण छ । घरमा जम्मा चार कोठा छन् । त्यसमा एउटा÷ एउटा डबल बेड छन् । कोठाको कुनामा सानो टेलिभिजन छ ।
सुशिलको घरमा आमा बुबा, श्रीमती, चार भाई, दुई साली र एक बच्चा गरेर ११ जना सदस्य बस्छन् । सुशिलले आफुलाई साह्रै भाग्यमानी ठान्छन् ।
‘यो साह्रै सानो सहरमा मेरो आर्थिक दूराअवस्था पूरै हटेको छ । यो चमत्कारभन्दा कम छैन । यसको सबै श्रेय म भगवानलाई दिन्छु,’ उनी भन्छन् । बीबीसीबाट साभार

Tata
GBIME
Nepal Life