वैभव फाइनान्सको दोस्रो साधरणसभा, मर्जरको प्रस्ताव पारित, सञ्चालक समितिलाई अख्तियारी

बिजमाण्डू
२०६९ कात्तिक १५ गते ००:०० | Oct 31, 2012
वैभव फाइनान्सको दोस्रो साधरणसभा, मर्जरको प्रस्ताव पारित, सञ्चालक समितिलाई अख्तियारी

काठमाडौं । बैभव फाइनान्सको दोस्रो साधरण कम्पनीको दोस्रो साधारण सभाले मर्जरका लागि सञ्चालक समितिलाई अनुमति दिएको छ । मंगलवार सम्पन्न साधरण सभामा संस्थाका अध्यक्ष करुणागोविन्द श्रेष्ठले मर्जर सम्वन्धी विशेष प्रस्ताव राखेका थिए । जसलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
अध्यक्ष श्रेष्ठले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०६८÷६९ सालको वासलात, नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण पेश गरेका थिए । साधरणसभामा संचालक सुदर्शनधर प्रधानाङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रबन्ध संचालक केशव नरसिंह राजभण्डारीले शेयरधनीका तर्फबाट उठेका जिज्ञाशाका जवाफ दिएका थिए ।
२०६७ माघ १० गतेदेखि कारोबार शुरु गरेको वैभव फाइनान्स स्थापनादेखि नै मुनाफा आर्जन गर्दै आइरहको छ । संस्थाले गत आर्थिक वर्षमा भन्दा आ.ब. २०६८÷६९ मा निक्षेप तथा कर्जातर्फ क्रमशः १३३ र ११५ प्रतिशतले बृद्धि गरी ५२ लाख ५४ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत वर्ष भन्दा झण्डै ३५० प्रतिशतले बढी रहेको छ ।
२१ करोड रुपैयाँ शेयर पूँजीमध्ये संस्थापकहरुका तर्फबाट ७० प्रतिशतले हुने १४ करोड ७० लाख रुपैयाँ चुक्ता भइसकेको र चालु आर्थिक वर्षमा सर्वसाधारण्लाई छुट्याइएको साधारण शेयर बिक्री गरी चुक्ता पूँजी २१ करोड पु¥याउने योजना फाइनानसको छ ।
साथै सभामा उपयुक्त बैंक÷वित्तीय संस्थासंग मर्ज गर्ने तथा यसै आर्थिक वर्षमा दुई वटा शाखाहरु खोल्ने बारेमा पनि विस्तृत छलफल गरिएको थियो ।

Tata
GBIME
Nepal Life