‘प्रेम’मा परेपछि प्रचण्ड पुत्र निलम्वन, भाग्ने विना मगर पनि कारवाहीमा

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
‘प्रेम’मा परेपछि प्रचण्ड पुत्र निलम्वन, भाग्ने विना मगर पनि कारवाहीमा

काठमाडौं । सगरमाथा यात्राकी सहयात्री विना मगरसँग वेपत्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाललाई नेवा राज्य समितिबाट निलम्वन गरिएको छ । प्रकाशलाई सोमवार बसेको पोलिटव्युरो बैठकले निलम्वन गर्ने निर्णय गरेको हो, जुन बैठकमा प्रकाशका पिता प्रचण्ड समेत उपस्थित हुनुहुन्थ्यो । प्रकाश सरस्वती क्याम्पसकी स्ववियु सभापति विना मगरसँग केही दिनदेखि वेपत्ता भएको समाचार प्रकासित भएपछि छानविनका लागि उनलाई निलम्बन गरिएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन् ।
प्रचण्डका एकमात्र पुत्र प्रकाश चार दिनदेखि परिवारको सम्पर्कमा नभएको बताइएको छ । प्रकाशले दोस्रो विहे गरेर छोरा जन्माएका छन् भने विना पनि पार्टी फुटेपछि वैद्य पक्षमा सक्रिय शंकर अधिकारीकी श्रमती हुन् । सगरमाथा आरोहण र त्यसको तयारी गर्नका लागि रसुवाको हिमाल चढ्दा दुईवीच नजिकको सम्वन्ध स्थापित भएको समाचार छापिएको थियो । यी दुईले यो समाचारको सार्वजनिक खण्डन समेत गरेका छैनन् । माओवादीबाट एमालेमा प्रवेश गरेका रविन्द्र श्रेष्ठ सामान्य प्रशासनमन्त्री हुँदा कान्छी लिएर यसैगरी वेपत्ता भएका थिए भने माओवादीबाट पर्वतका पूर्व सभासद गुणखर बस्यालले पनि कान्छि लिएर वेपत्ता भएका थिए । बस्याल अहिले पार्टीको सम्पर्कमा आएका छन् भने उनले कान्छीलाई छाडेपछि माओवादी हेडक्वाटरमा मुद्धा मामिला चलिरहेको छ । यसैवीच ‘प्रेम प्रसङ’मा प्रचण्ड पुत्र प्रकाशलाई कारवाही भएपछि मंगलवार अनेरास्ववियु क्रान्तिकारीले आफ्नो केन्द्रिय सचिवालय सदस्य विना मगरलाई पनि निलम्वन गरेको छ । मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै विनालाई निलम्वन गरेको जानकारी दिएको हो । मगर २० गतेदेखि संगठनको सम्पर्क बाहिर र २३ गतेदेखि टेलिफोन सम्पर्क बाहिर रहेको जानकारी दिएको छ । 

Tata
GBIME
Nepal Life