दशैंको चमकले चम्कियो स्टक एक्सचेञ्ज, अधिकांश ठूला कम्पनीको सेयर मूल्यमा उछाल

बिजमाण्डू
२०६९ कात्तिक १४ गते ००:०० | Oct 30, 2012
दशैंको चमकले चम्कियो स्टक एक्सचेञ्ज, अधिकांश ठूला कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं । दशैंको लामो विदापछि खुलेको नेपाल स्टक एक्सचेञ्ज मंगलवार ठूलै वृद्धिका साथ खुल्यो । मंगलवार अधिकांश ठूला बैंकको सेयर मूल्यमा ठूलो वृद्धि भएपछि नेप्से सूचक समेत ११ अंकले बढ्यो ।
मंगलवारको कारोवारमा बैंक अफ काठमाण्डू २३ रुपैयाँको वृद्धिसहित प्रतिकित्ता ५७५ मा कारोवार भयो । छिमेक लघुवित्त विकास बैंकको ३३ रुपैयाँले सेयर मूल्य बढेर ४७४ रुपैयाँमा कारोवार भयो । ग्रान्ड बैंकको १२ रुपैयाँले बढेर १८९ रुपैयाँमा कारोवार भयो । हिमालयन बैंकको सेयर १९ रुपैयाँले बढेर ७४९ मा कारोवार भयो ।
बैकिङ्गमा नबिल बैंकको सबैभन्दा बढी प्रतिसेयर ५९ रुपैयाँले बढेर १२२४ मा कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको २३ रुपैयाँले बढेर ५५९ मा, प्राइम बैंकको १० रुपैयाँले बढेर २४०, नेपाल एसबीआईको ५१ रुपैयाँले बढेर ५६२, स्ट्याण्डर्ड चार्टड बैंकको ४६ रुपैयाँले बढेर १८१६ मा कारोवार भयो ।
बैकिङ्ग बाहिरका दुई ठूला कम्पनी नेपाल टेलिकमको सेयर मूल्य समेत १२ रुपैयाँले बढेर प्रतिकित्ता ६८७ रुपैयाँ पुग्यो । मंगलवारको वृद्धिपछि टेलिकमको बजार  पुँजीकरण एक खर्ब तीन करोड रुपैयाँ पुग्यो । यो वृद्धिले टेलिकमको प्रतिकित्ता सेयर मूल्य सात सयको रेकर्डतर्फ जान थालेको पनि छ ।
मंगलवार चिलिमेको सेयर मूल्य २० रुपैयाँले बढेर १०१० मा कारोवार भयो । बुक क्लोजपछि तल झरेको चिलिमेको सेयरले मंगलवार एक हजारको सीमा पार गरेको हो ।

Tata
GBIME
Nepal Life