हुन्डाइको धनगढीमा शोरुम, महिन्द्राको सिन्धुलीको बर्दिबासमा

बिजमाण्डू
२०६९ कात्तिक ३ गते ००:०० | Oct 19, 2012

काठमाडौं । हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  धनगढीमा सोरुम खोलेको छ । कम्पनीले स्थानीय दिनेश फोर ह्विलरलाई नयाँ सोरुम बनाएको हो । सोरुमबाट ग्राहकले विक्री र विक्रीपछिको सेवा उपलब्ध हुने छ । कम्पनीले हुन्डाइका धेरै खाले गाडी सोरुमबाट विक्री गर्ने जनाएको छ । कम्पनीले धनगढीसहित देशभरका विभिन्न ९ वटा शहरमा डिलर सोरुम खोलिसकेको छ । उता महिन्द्रा टु ह्विलर्सको विक्रेता एसजी ग्लोबल प्रालिले वर्दिवासमा सोरुम खोलेको छ । कम्पनीले आस्था इम्पेक्समा सोरुम खोलेको हो । यो सोरुमबाट प्राहकले  विक्री र विक्रीपछिको सेवा पाउने छन् । सर्भिस सेन्टरसहितको सोरुमबाट ग्राहकले सक्कली पार्टपुर्जाको सुविधा पाउने छन् । यो सोरुपमबाट महिन्द्राका स्कुटरहरु विक्री हुन्छन् ।

Tata
GBIME
Nepal Life