
काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरले दसैंतिहारको अवशर पारेर मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरेको छ । कार्यक्रमको सुरुवात आगामी शनिबारबाट हुने छ । गायिका सिने गुरुङको एकल प्रस्तुतिबाट कार्यक्रमको सुरुवात हुने छ ।
उनलाई तत्व व्यान्डले साथ दिने छ । सांगितिक कार्यक्रमसँगै फेसन सो, किड्स ट्यालेन्ट सो, पोषण तथा आहार सम्वीन्ध कार्यक्रमहरु पनि आयोजना हुने छ । सिटी सेन्टरका पसलहरुले ६० प्रतिशतसम्म छुट दिने छन् ।