डलर फेरी भयो मजबुत, भोलि ८९ रुपैयाँको स्तर पार गर्ने, आज ८८.७० मा कारोवार

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
डलर फेरी भयो मजबुत, भोलि ८९ रुपैयाँको स्तर पार गर्ने, आज ८८.७० मा कारोवार


काठमाडौं । शुक्रवार कमजोर देखिएको डलर सोमवार मजबुत बन्यो, नेपाली रुपैयाँसँग स्थायी विनिमयदर भएको भारतमा सोमवार भारु बलियो बनेपछि त्यसको असर नेपालमा पनि पयो । भारतमा बैंक तथा आयातकर्ताहरुले डलरको माग बढाएपछि सोमवार ६० पैसाले कमजोर भएर भारतीय रुपैयाँ ५६ मा कारोवार भयो । शुक्रवार ५५.४२ को स्तरमा भारुको कारोवार बन्द भएको थियो ।
सोमवार बजार खुल्दा ५५.९० को हाराहारीमा रहेको भारु पछि केही सुधार भएर ५५.८२ मा आएको थियो तर त्यो धेरै समय टिक्न सकेन अन्तिममा भारु ५६ को स्तरलाई पार गयो । नेपालमा सोमवारका लागि राष्ट्र बैंकले एक डलरको विनिमयदर ८८ रुपैयाँ ९५ पैसा तोकेको थियो । तर बैंकहरुले आन्तरिक सहमतिमा २५ पैसा घटाएर ८८ रुपैयाँ ७० पैसामा कारोवार गरेका थिए । सोमवार नेपाली रुपैयाँ अवमूल्यन भएर ८९ रुपैयाँको स्तर पार गर्ने सम्भावना छ । यस अघि दुई साता अघि डलर इतिहासमा सबैभन्दा मजबुत भनेर ९२ रुपैयाँको स्तर पार गरेको थियो ।

Tata
GBIME