काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नविकरण शुल्क नबुझाउने ८ कम्पनीको सेयर कारोवारमा रोक लगाएको छ । आर्थिक बर्षको पहिलो त्रैमासिक भित्र नविकरण गरि सक्नु पर्नेमा ति कम्पनीले अटेर गरेका थिए । कारोवार रोकिने कम्पनीहरुमा हिमालयन फाइनान्स, पोखरा फाइनान्स, श्री भृकुटी पल्प एण्ड पेपर लिमिटेड, विराटलक्ष्मी विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, पुर्वाञ्चल ग्रामिण विकास बैंक, मल्टिपर्पोज फाइनान्स र गोरखकाली रवर उद्योग छन् । बुधबार देखि मेट्रो डेभलपमेन्ट बैंकको कारोवार सुरु गरेको नेप्सेले जनाएको छ ।
