भर्जिन मोबाइलको दशैं मनाऔं भी मोवाइलसँग, उपहार भाई सबै दंग योजना

बिजमाण्डू
२०६९ कात्तिक १ गते ००:०० | Oct 17, 2012

काठमाडौं । भर्जिन मोबाइलले दसैंका अवसरमा उपहार योजना ल्याएको छ । कम्पनीले ‘दसै मनाऔं भी मोबाइलसँगै, उपहार पाई सबै दंगै’ योजना ल्याएको हो । भर्जिन मोबाइलको सोरुमबाट मोबाइल वा ल्यापटप खरिद गर्ने योजनामा सहभागी हुनसक्नेछन् । योजनामा मोबाइल वा ल्यापटप किन्नेले स्क्र्याच कुपन पाउनेछन् । यो कुपनबाट मोबाइलमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५८ प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै ल्यापटपमा न्यूनतम १५ प्रतिशतदेखि ५८ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । यस्तै हरेक ल्यापटपको खरिदमा ब्रोडलिंकको १० एमबिपिएस इन्टरनेट स्पिड सहितको वाइफाई डिभाइस निःशुल्क पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लक्की ड्रबाट एक जनाले १ लाख रुपैयाँ जित्न सक्नेछन् ।

Tata
GBIME
Nepal Life