पूर्व राजाविरुद्ध प्रधानमन्त्रीको तिखो टिप्पणी, बढी बोले सुविधा खोस्ने चेतावनी

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
पूर्व राजाविरुद्ध प्रधानमन्त्रीको तिखो टिप्पणी, बढी बोले सुविधा खोस्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पूर्वराजाले उपभोग गरिरहेका सरकारी सुविधा खोस्ने चेतावनी दिएका छन् । सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार, आमा रत्नालाई नारायणहिटीमा महेन्द्र मञ्जिल र शसस्त्र प्रहरीको सुरक्षा टोली सुविधामा दिएको छ ।
पश्चिम नेपालको भ्रमणका क्रममा उनले २०६२÷६३ को आन्दोलनका क्रममा  सात दलवीच राजतन्त्र राख्ने लिखित सहमति भएको तर्क गरेका थिए, उनले  जनताले चाहे आफू राजा हुन सक्ने जिकिर गर्दै अन्तरवार्ता पनि दिएका थिए ।
संविधानसभाको विघटनपछि आएको उनको यस्तो बयानप्रति खरो टिप्पणी जनाउँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजाको सरकारी सुविधा खोस्ने चेतावनी दिएका हुन् । ग्लोबल आइएमई बैंकको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराइले राजनीतिक दलबीच देखिएको विवादको फाइदा नउठाउन पूर्व राजालाई चेतावनी दिए ।
उनले राजतन्त्रले टाउको उठाए अहिले छरिएका दल त्यसविरुद्ध फेरी एक हुने जिकिर पनि गरे । प्रधानमन्त्री भट्टराईले चुनाव घोषणा भैसकेको अवस्थामा सहमतीमा पूर्ण बजेट ल्याउने जानकारी पनि दिए ।
उता पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति विरुद्ध एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले पनि रुखो टिप्पणी गरेका छन् । खनालले मन्दिर घुम्दैमा राजतन्त्र नफर्किने बताए भने नेपालले जनआन्दोलनका क्रममा राजा र दलवीच  कुनै पनि सम्झौता नभएको जिकिर गरे ।

Tata
GBIME
Nepal Life