गौरवशाली इतिहासको शान

बिजमाण्डू
२०६९ जेठ ३० गते ००:०० | Jun 12, 2012

भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको एक समूहका साथ उत्तराखण्डको एक हप्ते शैक्षिक भ्रमणको अवसर मिल्दा त्यहाँको युद्ध संग्राहालयभित्र शुरुमै टाँगिएको संक्षिप्त इतिहासमा आँखा पर्‍यो। रानीखेतको कुमाऊ रेजिमेन्ट सेन्टरस्थित संग्राहालयमा गोर्खाहरूले सन् १७९१ मा अल्मोडा हुँदै पछि गडवालसम्म कब्जा जमाएको उल्लेख छ। सन् १८१६ मा अंग्रेजसँगको युद्धमा उक्त भू-भागबाट गोर्खा सैनिक हटेको घटनाको संक्षिप्त व्याख्या संग्राहालय हेर्न आउने जो कोहीको आँखामा पर्ने नै भयो। गोर्खा नाम देख्ने वित्तिकै केही विदेशी मित्रहरूले जिज्ञासा राखे। कुनैबेला उत्तराखण्ड नेपालको भू-भाग अन्तर्गत आएको थियो र यस्तो शक्ति र सामर्थ्यको आधार नेपाल एकीकरणको प्रारम्भ गर्ने पृथ्वीनारायण शाहले स्थापित गरेको सुनाउन पाउँदा गर्व लाग्यो।

Tata
GBIME