काठमाडौं । यतिबेला सेयरबजारमा लाभांशको गरमा गरम चलि रहेको छ । बढी लाभांश खुवाउने कम्पनीको सेयर किनबेच गर्ने होडमा लगानीकर्ता छन् । तर त्यहि बजारमा यस्ता कम्पनी पनि छन् जसको कारोवार त नियमित हुन्छ तर किन्ने र बेच्ने दुबैमा कुनै उत्साह हुदैन । प्राथमिक निस्कासन आईपिओ मा परेको मुल्य भन्दा न्युन अंकमा ओर्लिएर किनबेच गर्नु पर्दा लगानीकर्तालाई नै ति कम्पनीको सेयर निल्नु न ओकल्नु सरह भएको छ ।
सर्वसाधारण लगानीकर्ता आईपिओमा सेयर पाउन हत्ते गर्छन् । दोस्रो बजारमा मुल्य बढ्ने भएकाले आईपिओमा रु। १०० दरको सेयर किनेर फाइदा लिने उनीहरुको आशा हुन्छ । तर आईपिओ भन्दा तल मुल्य झरि सकेका करिब दुई दर्जन कम्पनीले भने लगानीकर्ताको उक्त आशामा तुशारापात गरेका छन् ।
कम्पनीको नाफा नोक्सान उसले दिने लाभांश संस्थागत शुसासन जस्ता कुराले सेयर मुल्यमा प्रभाव पार्छ । लगानीकर्तालाई हरेक बर्ष लाभांश बढाएका कारण युनिलिभरको सेयर दोस्रो बजारमा सबै भन्दा आकर्षक देखिन्छ । तर साचालनको लामो समय सम्म कुनै प्रतिफल दिन नसक्ने तथा प्रगतिको लक्षण पनि नदेखाएका कम्पनीहरु प्रति भने लगानीकर्ताले नैराश्य प्रकट गर्छन् । त्
यहि आशा र निरासा नै सेयर मुल्यको रुपमा बजारमा प्रकट हुने गरेको हो ।
आईपिओ भन्दा तल सेयर मुल्य ओर्लिएका कम्पनीहरुमा क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनी धेरै छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष्य निगरानी पनि तुलनात्मक रुपले कम हुने तथा पछिल्लो समय समस्यामा पर्ने अधिकांश कम्पनीहरु यहि समुहका भएकाले पनि यिनीहरु प्रति सर्वसाधारणको भरोसामा कमि आएको हो । आईपिओ भन्दा कम मुल्य हुने कम्पनीहरुमा ५ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु पनि छन् । सर्वसाधारणले उत्साहका साथ आईपिओमा सहभागिता जनाए पनि लामो समय सम्म प्रतिफल दिन नसकेका ति कम्पनीहरु एनडिइपी डेभलपमेन्ट बैंक ज्योती विकास बैंक काष्ठमण्डप विकास बैंक सिद्धार्थ विकास बैंक र मनकामना विकास बैंक हुन् । कम सेयर मुल्य हुने कम्पनीको सुचीमा ओरियन्टल होटल्स लिमिटेड पनि छ । द्वन्द कालमा घाटा व्यहोरेर ५० रुपैयाँ हाराहारिमा झरेको सो कम्पनीको सेयर मुल्य अहिले नाफा हुन थाले पछि पछिल्लो कारोवार सम्ममा ९९ रुपैयामाँ उक्लिएको छ ।
गत साताको अन्तिम कारोवारमा सबै भन्दा न्युन मुल्य अरुण फाइनान्सको छ । आईपिओमा १०० रुपैयाँ हालेर सो कम्पनीको सेयर किन्ने लगानीकर्ताले हाल सम्ममा ६४ प्रतिशत गुमाइ सकेका छन् । मात्र ३६ रुपैयाँमा सो कम्पनीको सेयर खरिद बिक्री भइ रहेको हो । संस्थागत सुशासनको उल्लंघनका कारण राष्ट्र बैंकबाट कारबाहीको चेतावनी पाएको हिमालय फाइनान्सको सेयर मुल्य पनि ४२ रुपैयाँ मात्र छ ।