नेप्सेमा रातो बत्तीको ट्रेण्ड बुधवार पनि जारी, ठूला कम्पनीको सेयर मूल्यमा गिरावट

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012
नेप्सेमा रातो बत्तीको ट्रेण्ड बुधवार पनि जारी, ठूला कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । बुधवार केही साना कम्पनीबाहेक ठूला कम्पनीले नेपाल स्टकमा राम्रो गर्न सकेनन् । अधिकांश ठूला कम्पनीको सेयर मूल्यमा ठूलो परिवर्तन नआए पनि अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आयो । यसले नेप्से सूचक १.४२ अंकले तल झरेर ४२४.७५ अंकमा कारोवार बन्द भयो भयो ।
छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य १६ रुपैयाँले बढेर ४४१ रुपैयाँमा कारोवार भयो । नागरिक लगानी कोषको सेयर मूल्य १७ रुपैयाँले बढेर ८८० रुपैयाँमा कारोवार भयो । डिप्रोक्स विकास बैंकको सेयर मूल्य १६ रुपैयाँले तल झरेर २८५ रुपैयाँमा कारोवार भयो ।
बुधवार इन्सुरेन्स समूहका केही कम्पनीले राम्रो प्रशर्नन गरे । हिमालयन जनरल इन्सुरेन्सको सेयर मूल्इ १४ रुपैयाँले बढेर १५८ रुपैयाँमा कारोवार भयो । लाइफ इन्सुरेन्स कम्पनी नेपालको ४४ रुपैयाँले बढेर १२९९ रुपैयामा कारोवार भयो ।
नबिल बैंक १० रुपैयाँले तल झरेर ११५२ रुपैयाँमा, नेपाल टेलिकमको ७ रुपैयाँले तल झरेपछि ६४८ रुपैयाँमा कारोवार भयो । लामो समयपछि कारोवार भएको युनिलिभरको १५० रुपैयाँले सेयर मूल्य तल झरेपछि ७३५० रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life