लड्खडाउँदै बढ्यो नेप्से, सेयर बजार घटने संकेत, चार करोडको कारोवार

बिजमाण्डू
२०६९ असार २४ गते ००:०० | Jul 8, 2012
लड्खडाउँदै बढ्यो नेप्से, सेयर बजार घटने संकेत, चार करोडको कारोवार


काठमाडौं । आर्थिक वर्षको अन्तिम साताको पहिलो दिनको कारोवारमा सेयर बजारमा सामन्य बृद्धि देखिएको छ । ४ करोड १३ लाख रुपैंया कारोवार भएको दिन नेप्से परिसूचक ०.३४ अंकले माथि उक्लँदै ३७७ मा रहेको छ । आइतबार नेप्सेसँगै सेन्सेटिभ परिसूचक बढे पनि फ्लोट र सेन्सेटिभ फ्लोट परिसूचकमा भने सामान्य गिरावट आएको छ ।
साताको पहिलो दिनको कारोबारको आधारमा विष्लेशण गर्दा आगामी दिनमा सेयर बजारमा ठुलो बृद्धि वा गिरावट आउने देखिन्न । यद्यपि आर्थिक वर्षको अन्तिम साता परिसुचक घटने संभावना भने बलियो छ ।
 आईतबार कारोबार सुरु भएपछि केहि बेर बढेको परिसूचक पुनः घटेको थियो । त्यसपछि परिसुचकमा पुनः बृद्धि देखियो भने त्यसपछि पनि घटबढको क्रम जारी रहँदै अन्तिम समयमा बृद्धि भई भन्द भयो । पटक पटकको उतारचढावले बजारलाई जसोतसो उही स्तरमा टिकाउने प्रयास भईरहेको देखिन्छ । सानो मात्रामा कारोबार गर्दै बजार टिकाउने प्रयास अल्पकालमा मात्रै सफल हुने हुनाले सप्ताहान्तसम्ममा परिसूचक घटने अनुमान गर्न सकिन्छ ।
आईतबार बजारमा ८० कम्पनीको मात्रै कारोबार भएको छ । धेरै कारोबार हुने कम्पनीमा किष्ट बैंकको १ करोड ३१ हजार रुपैंया बराबरको कारोवार भयो भने चिलिमेको ५९ लाख बराबरको कारोवार भयो । यसैगरी मनकामना विकास बैंकको सेयर मूल्य ७.२५ प्रतिशतले र एक्सेल डेभलपमेण्ट बैंकको सेयर मूल्य ७.२१ प्रतिशतले घटेको छ ।

Tata
GBIME