काठमाडौं । गलैचा निकासीकर्ता संघको अध्यक्षमा अनुपबहादुर मल्ल निर्विरोध चयन भएका छन् । संघको आठौं साधारणसभाबाट मल्ल चयन भएका हुन् ।
संघको प्रथम उपाध्यक्षमा दीपकहर्ष बज्राचार्य, द्वितिय उपाध्यक्षमा प्रमोदराज सत्याल, तृतिय उपाध्यक्षमा लोप्सांग लामा, महासचिवमा ललितकुमार अग्रवाल, सचिवमा क्रमशः तेञ्जिङ शेर्पा, दिनेश अधिकारी, मनोजकुमार अमात्य, कोषाध्यक्षमा गौतममान सिं डंगोल चयन भएका छन् । संघको सदस्यहरुमा चन्द्रलाल जोशी, महेश अर्याल, नोर्बु छिरिङ लामा, राजेन्द्रप्रसाद श्रेष्ठ, छेवांग लामा, नोर्बु लामा, नावांग छिमी लामा र पुष्कर पण्डीत चयन भएका छन् ।
