एयर एसियाले काठमाडौंको उडानमा पुरा गर्यो सय दिन, १ सय डलरमै क्वालालम्पुर

बिजमाण्डू
२०६९ असोज २४ गते ००:०० | Oct 10, 2012
एयर एसियाले काठमाडौंको उडानमा पुरा गर्यो सय दिन, १ सय डलरमै क्वालालम्पुर

काठमाडौं । लगातार चार बर्षसम्म ‘बिश्वको उत्कृष्ट बजेट एयरलाइन्स’को अवार्ड जित्न सफल एयर एसियाले नेपालमा आफ्नो उडान सुरु गरेको एक सय दिन पूरा गरेको छ । कम्पनीले सयदिनको अवसरमा एक सय अमेरिकी डलरमा काठमाडौ–क्वालालम्पुर उडान गर्न पाइने योजना ल्याएको छ । बुधवार र विहिवार दुई दिनमा बुकिङ गर्ने यात्रुले एक सय डलरमा उडान गर्न पाइने योजना ल्याएको हो । बुधवार विहान ११ बजेदेखि विहिवार विहान ११ बजेसम्म एयर एसिया डटकम वा एयर एसियाको नेपालस्थित जनरल सेल्स एजेन्ट्स(जिएसए) इन्सेन्टिभ टुर्स एन्ड ट्राभलमा बुकिङ गर्नुपर्नेछ ।
‘सयौं दिन पुरा गरेको यो खुसीयाली हामी हाम्रा यात्रु महानुभावहरुसमक्ष पनि बाँड्न चाहान्छौं । यो अवसरमा सय डलरको योजना ल्याएका छौ,’ कम्पनीका कार्यकारी अध्यक्ष हरिमान लामाले भनेका छन्, ‘यसले मलेसिया जानेहरुका लागि सुवर्ण अवसर हो ।’
कम्पनीका अनुसार यसरी बुकिङ गरिएको टिकटबाट अक्टोबर २० देखि २७ तारिखसम्म प्रयोग गरिसक्नुपर्नेछ । एयर एसियाले हाल सातामा तीनपटक (मंगलबार, बिहीवार र शनिवार) क्वालालम्पुर–काठमाण्डौ–क्वालालम्पुर सिधा उडान गर्दै आएको छ भने क्वालालम्पुर हुँदै चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका गन्तब्यमा उडान गर्न सकिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life