काठमाडौ । पेप्सीले आफ्ना उत्पादन प्रवद्र्धन गर्न शनिबार सिभिल मलमा रोड सो गरेको छ । पेप्सी ड्रिंक एन ड्राइभ योजना अन्तर्गत यो कार्यक्रम गरेको हो । विभिन्न स्थानमा यो कार्यक्रम गर्ने क्रममा शनिबार सिभिलमा यो कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यही असार १४ देखि सुरु गरेको यो कार्यक्रम ३० गते सकिदैछ । यो योजनामा सहभागी भएका उपभोक्ताले मारुती अल्टो कार जित्ने अवसर पाउनेछन् । यस्तै बजाजको डिस्कभर वाइक, ३२ इन्चको सार्प एलसिडी टिभी, फुटबल, रिबोक सनग्लास, रिबोक घडी र फ्रि पेप्सी लगायतका उपहार पनि पाएका छन् ।