भन्सारमा रोकिएका सवारीसाधन छुट्न थाले, पाँच सय मोटरसाइकल, दुई सय गाडी छुटे

बिजमाण्डू
२०६९ असोज १९ गते ००:०० | Oct 5, 2012
भन्सारमा रोकिएका सवारीसाधन छुट्न थाले, पाँच सय मोटरसाइकल, दुई सय गाडी छुटे

काठमाडौं । नयाँ सवारी प्रदूषण मापदण्ड लागू गर्न सर्वोच्च आदालतले आदेश दिएपछि भन्सारमा रोकिएका आयाति सवारी साधन छुट्न थालेका छन् । नयाँ मापदण्ड लागू हुनु पूर्व बैंकिङ प्रणालीमार्फत आयात क्रममा रहेका सवारी ल्याउन वातावरण मन्त्रालयले स्विकृति दिएपछि भन्सारमा रोकिएका सवारी छुटेका छन् ।
वातावरण मन्त्रालयले गत मंगलबार निर्णय गरी अर्थमन्त्रालयलाई पत्राचार गरेपछि भन्सार नाकामा रोकिएका सवारी जाँचपास सुरु भएको छ । विभागले युरो ३ मापदण्ड लागू गर्नुपूर्व आयात सुरु गरिएका सवारी छाड्न पत्राचार गरेपछि जाँचपास सुरु गरिएको हो । यातायात व्यवस्थापन विभागले पनि टाइप एप्रुभल (मापदण्ड प्रमाणित प्रमाणपत्र) दिएपछि गाडी छुट्न थालेका हुन् ।
सरकारले गत साउन २९ मा राजपत्रमा सुचना प्रकासित गरी नयाँ सवारी प्रदुषण मापदण्ड युरो ३ लागू गरेको थियो । यो निर्णयविरुद्ध परेको उजुरीमा सर्वोच्च अदालतले दुई साताअघि निर्णय लगाू गराउनु पर्ने पक्षमा अन्तरिम आदेश दिएपछि सवारी नाकामा रोकिएका थिए । भन्सारले साउन २९ अघि आयात प्रक्रिया अपनाएको कागजात पेस गरेपछि गाडी छाडेको छ ।
वुधबारदेखि भन्सारले गाडीको जाँचपास सुरु गरेको हो । अहिले भन्सार नाकामा १ हजार ५ सय जति मोटरसाइकल र २ सय जति कार रोकिएका छन् । नाकामा अधिकांस भारतीय कम्पनीका व्यावसायिक गाडी, कार र मोटरसाइकल रोकिएका हुन् । वुधबारदेखि भारतीय कम्पनीका सवारीको नै जाँचपास सुरु भएको हो ।

Tata
GBIME
Nepal Life