चौधरी समूहले चिनियाँ कम्पनी टिसिएल ब्राण्डको डिलरसिप राजेन्द्र मल्लसँग खोस्यो



२०६९ असोज १५ गते ००:००
चौधरी समूहले चिनियाँ कम्पनी टिसिएल ब्राण्डको डिलरसिप राजेन्द्र मल्लसँग खोस्यो


काठमाडौं । चिनियाँ ब्रान्ड टिसिएलको डिलरसीप चौधरी ग्रुपले लिएको छ । नेपालमा राम्रो बिक्री हुने टिसिएलको डिलरसीप नेपाल चेम्बर अफ कमर्सका सचिव राजेन्द्र मल्लबाट चौधरी ग्रुपमा पुगेको हो । लामो समयदेखि मल्लले यो ब्रान्डको सामान बिक्री गर्दै आएका थिए । चौधरी समूहले आइतबार पत्रकार सम्मेलन गरी टिसिएल ब्रान्डका सामान बजारमा ल्याएको जानकारी दिएको हो ।
कम्पनीले विभिन्न ६ प्रकारका चेस्ट फ्रिजर, दुई प्रकारका वासिङ मेसिन, पाँच प्रकारका एलसिडी र एलइडी टिभी र आठ प्रकारको सिआरटी टिभी बजारमा ल्याएको हो । यो ब्रान्डको सामान विश्वका एक सय मुलुकमा बिक्री हुने कम्पनीको दावी छ ।


Sunrise Bank
Tata
GBIME