काठमाडौं । सिद्धार्थ बैंकको सब्सिडरी कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले कारोवार सुरु गरेको छ । यो कम्पनीले सामूहिक लगानी कोष(म्युचुअल फण्ड)को काम गर्ने छ । सिद्धार्थ क्यापिटलको शुक्रवार धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले उद्घाटन गरे ।
कम्पनीले ४० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड युनिट बिक्री गर्ने योजना बनाएको छ । धितोपत्र बोर्डले अन्तिम स्विकृति दिएपछि कोषले सर्वसाधारणको लागि प्रति इकाई १० रुपैया“को दरले म्युचुअल फण्ड बिक्री गर्ने छ । सिद्धार्थ लगानी बृद्धि योजना –१ नाम दिएको सामुहिक लगानी कोषको योजना ५ वर्षसम्मको लागि हुने कम्पनीले जनाएको छ । सर्वसाधारणमा संकलन गरिएको सो रकम कोषले शेयर बजारमा लगानी गर्नेछ ।
