
काठमाडौं । गोर्खा वु्रअरीले वियरका पारखीलाई लक्ष्य गर्दै धमाधम मूल्य घटाउन थालेको छ । ५०० एमएलको टुर्वाग क्यान वियरको मूल्य १ सय ८० रुपैयाँबाट १ सय ५० मा झारेको वु्रअरीले फेरी स्यानमिगल वियरको मूल्य पनि घटाएको छ । ब्रुअरीले ५ सय एमएल स्यानमिगल क्यान वियरको मूल्य १० रुपैयाँ घटाएको हो । पहिले यो वियरको मूल्य १ सय ४५ रुपैयाँ पर्नेमा अब १ सय ३५ मा नै पाइन्छ । कम्पनीले लन्चिङ अफर भन्दै मूल्य झारेको हो । यो वियरमा अल्कोहलको मात्र ५ प्रतिशत छ ।