
काठमाडौं । सिजी ईलेक्ट्रोनिक्स सिजी दशैँ खर्च योजना शुरु गरेको छ । यस योजना अन्तर्गत सिजीका उत्पादन खरिद गर्नेले हरेक साता दुई जनाले लक्की ड्र मार्फत ५० हजार रुपैयाँ उपहार दिने घोषणा गरेको छ ।
सिजीको २२ देखि २६ इन्चको एल सी डि÷ एल इ डि टि.भी. खरिद गर्दा सीजीको यूएसबी ड्राइभ, ३२ इन्चको एल सी डि÷ एल इ डि टि.भी. खरिद गर्दा सीजी डिभिडि प्लेएर अथवा सीजी सोलार लालटिन उपहार दिने योजना पनि सिजी इलेक्ट्रोनिक्सको छ । त्यसैगरी ४२ इन्च एल इ डि टि.भी.को खरिदमा सीजी २.१ मल्टिमिडिया स्पीकर, सीजी रेफ्रिजिरेटरको खरिदमा रेफ्रिजिरेटर किट, सीजी वासिङ्ग मसिनको खरिदमा सीजी स्टीम आइरन, सीजी माइक्रो वेभको खरिदमा कुकिङ्ग किट पुरस्कार दिनेछ ।
गुणस्तरीय सेवा र नविनतम उत्पादनले लाखौ ग्राहकहरुको मन जित्दै आएको सिजी ईलेक्ट्रोनिक्सले, आगामी दिनहरुमा पनि यस्तै नयाँ नौलो योजनाहरुलाई निरन्तरता दिने जनाएको छ ।