साढे सात हजार तलव बढाउन कर्मचारीको माग, अर्थमन्त्रीको नबढाउने संकेत

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012
साढे सात हजार तलव बढाउन कर्मचारीको माग, अर्थमन्त्रीको नबढाउने संकेत

काठमाडौं । निजामति कर्मचारीले आगामी आर्थिक वर्षको बजेटमा साढे सात हजारका दरले तलव वढाउन माग गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति राष्ट्रिय समितिले अर्थमन्त्री वर्षमान पुनसँग १३ वुँदे माग राख्दै तलव वढाउन भनेका हुन् ।
वर्तमान बजार मूल्यको सापेक्षतामा न्यनतम रुपमा सम्पूर्ण तहका कर्मचारीको तलव एकमुष्ट सात हजार ५ सय ५० रुपैयाँ बढाउन उनहरुले माग गरेका हुन् । सरकारले भने यस वर्ष मूल्य वृद्धि जम्मा ७ प्रतिशतले मात्र भएकाले तलव नवढाउने संकेत गरिसकेको छ ।
समितिले कर्मचारीको स्वास्थ विमा गर्नुपर्ने, महंगी भत्ता स्वरुप एकमुष्ट रुपमा २ हजार उपलब्ध गराउनुपर्ने, दुर्गमका कर्मचारीलाई तलव बराबर दुर्गम भत्ता दिनुपर्ने, आवास नभएका जिल्लामा आवास भत्ता रुवरुप मासिक ५ हजार दिनुपर्ने माग गरेको छ । नीजामती कर्मचारीको सन्ततीलाई दिंदै आएको छात्रवृतिको दायरा बढाउनुपर्ने, पोसाक भत्ता १२ हजार पुर्याउनुपर्ने, सञ्चय कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने ऋणको व्याज सहुलियत हुनुपर्ने, कार्यसम्पादनबापत प्रोत्साहन भत्ता दिनुपर्ने, अस्थायी, ज्यालादारी र करारमा नियुक्त कर्मचारीहरुलाई समान रुपमा दशैं, महंगी र पोषाक भत्ता लगायत सुविधा उपलब्ध गराउनुपर्ने समेत उनीहरुको माग छ ।
कर्मचारीले सञ्चित गरेको १८० दिन भन्दा बढीको सञ्चित विदा पापतको रकम प्रत्येक वर्ष प्रदान गर्न समितिले माग गरेको  छ । जवाफमा अर्थमन्त्री पुनले आफू बजेटको सिमाभित्र रहेर कर्मचारीको मनोबल बढ्ने गरी सेवा सुविधा प्रदान गर्नेमा सकारात्मक रहेको बताए । उनले कर्मचारीको स्वास्थ्य विमा, आवास र छात्रवृत्तिलाई फराकिलो बनाउन सकारात्मक भएको बताए ।
किन बढ्दैन तलव यो लिंक हुर्नुहोस् :
http://www.bizmandu.com/content/-89.html

Tata
GBIME
Nepal Life