काठमाडौं । साताको पहिलो दिन आइतवार सुन तोलामा पाँच सय रुपैयाँले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी सघंले आइतवारको लागि छापावाला सुन प्रति तोलाको ६० हजार पाँच सय रुपैयाँ तोकेको छ । गत शुक्रवार सुनको मुल्य स्थिर रहेको थियो ।
केहि दिन यता सुनको मुल्यमा लगातार गिरावट आइरहेको छ हिन्दु नारीहरुको पर्व तिजको रौनकसँगै निरन्तर उकालो लागेको सुनको मुल्यमा तिज सकिएसँगै ओरालो लाग्न सुरु गरेको हो
आइतवार चाँदी तोलामा नौ रुपैया घटेर प्रति तोलाको १२ सय रुपैयाँमा कारोवार भएको छ । गत शुक्रवार चाँदीको मुल्य पनि स्थिर रहेको थियो ।
