वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले काठमाडौंमा एक हजार बायोग्यास बनाउने

बिजमाण्डू
२०६९ असोज ७ गते ००:०० | Sep 23, 2012

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यो वर्ष काठमाडौ उपत्यकाको एक हजार सहरी घरधुरीमा घरेलु वायोग्यास प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रले प्लान्ट स्थापनाका लागि ईच्छुक घरधनीलाई आवेदन दिन आब्हान गरेको छ । ‘प्लान्ट स्थापना गर्न चाहनेलाई निवदेन दिन आग्रह गर्दछौ,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, ‘केन्द्रमा दर्ता भएका आवेदनका आधारमा पहिलोलाई प्राथमिकता दिइनेछ ।’
केन्द्रका अनुसार यो प्लान्ट स्थापना गर्न २० हजार रुपैयाँ मात्रै लाग्नेछ । यसमध्ये सरकारले पाँच हजार रुपैयाँ अनुदान दिने केन्द्रले जनाएको छ । यो प्लान्ट स्थापना भएमा खाना पकाउने ग्यासको प्रयोगमा ३० प्रतिशतले कमी आउने केन्द्रको विश्वास छ । प्लान्ट स्थापनाले घरमा भएको फोहोर व्यवस्थपना हुने र गुणस्तरीय वायोग्यास उत्पादन हुने केन्द्रले दावी गरेको छ ।

Tata
GBIME