तारा एयरको ट्वीनअटर विमान डोल्पामा दुर्घटना, मानवीय क्षती भएन

बिजमाण्डू
२०६९ असोज ५ गते ००:०० | Sep 21, 2012

काठमाडौं । तारा एयरको ट्वीनअटर विमान डोल्पामा दुर्घटना भएको छ । शुक्रवार विहान डोल्पाको जुफालबाट नेपालगन्जका लागि उड्न लागेको विमान धावान मार्ग नजिकैको जालिमा ठोकिएको थियो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । बीमानको एउटा पंखा भाँचिएको छ भने इन्जिमा पनि समस्या आएको छ । दुर्घटना हुँदा विमानमा दुइ जना इन्जिनियर, दुइ जना यात्रु तथा तीन जना चालक दलका सदस्य  गरेर सात जना थिए ।

Tata
GBIME