टेलिकमको सेयर मूल्य छ सयको सीमामा, बजार पुँजीकरण पुग्यो ९० अर्ब

बिजमाण्डू
२०६९ असोज ४ गते ००:०० | Sep 20, 2012
टेलिकमको सेयर मूल्य छ सयको सीमामा, बजार पुँजीकरण पुग्यो ९० अर्ब

काठमाडौं । नेपाल टेलिकमले लामो समयपछि नेप्सेमा छ सय रुपैयाँको सिमा गरेको छ । विहिवार टेलिकमको प्रतिसेयर छ रुपैयाँले सेयर मूल्य बढेपछि टेलिकम छ सय रुपैयाँको नजिक पुगेको हो । दुई साता अघि ठूलै वृद्धिका साथ टेलिकमले आफ्नो यात्रा छ सय रुपैयाँको नजिक पुर्याएको थियो तर छ सयको सीमामा पुग्न भने सकेको थिएन ।
विहिवारको वृद्धिपछि टेलिकमको बजार पुँजीकरण पनि ९० अर्ब रुपैयाँ पुगेको छ । टेलिकमका स्टक बजारमा १५ करोड कित्ता सेयर सूचिकृत छन् । टेलिकम नेपालमा सबैभन्दा बढी चुक्ता पुँजी र बजार पुँजीकरण भएको कम्पनी हो । बुधवार पनि अधिकांश बैंकको सेयर मूल्य ओरालो लाग्यो । गलोबल, लक्ष्मी बैंक १० रुपैयाँले, नबिल बैंक १२ रुपैयाँ, इन्भेष्टमेन्ट ११ रुपैयाँले सेयर मूल्य तल झर्यो ।
अधिकांश बाणिज्य बैंकको सेयर मूल्य ओरालो लागेपछि बैकिङ सूचक ३.६८ अंकले तल झर्यो । तर टेलिकममा भएको वृद्धिले अन्य समूहको सूचक २.३५ अंकले बढ्यो । यसले केही सन्तुलित बनाएपछि विहिवार नेप्सेसूचक जम्मा १.३५ अंकले तल झरे । जलविद्युत, फाइनान्स, इन्सुरेन्स समूह पनि विहिवार ओरालो लाग्यो । होटल र विकास बैंक समूहको सूचकमा भने सामान्य वृद्धि रह्यो ।

Tata
GBIME
Nepal Life